सोसल मिडिया
Contact Us
युनिकोड
ढाका, ५ मङ्सिर । बङ्गलादेशमा शनिबार कोरोनाका कारण कसैले ज्यान गुमाउनु परेन । यो डेढ वर्षयता पहिलो घटभना हो । शनिबार त्यहाँको स्वास्थ्य मन्त्रालयले कोरोनाबाट कुनै बंगाली नागरिकको मृत्यु नभएको जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीले दिएको जानकारीअनुसार यहाँ सन् २०२० को अप्रिल ३ पछि पहिलो पटक शनिबार कोरोनाबाट मृत्यु नभएको हो । यहाँ सन् २०२० को मार्च १८ मा कोभिडका कारण पहिलो पटक तीन जनाको मृत्यु भएको थियो । त्यसयता यहाँ कोभिडबाट मृत्यु नभएको दिन थिएन । गत अप्रिल ३ मा पनि यहाँ यसबाट एकजनाको ज्यान गएको थियो । त्यसयता हरेक दिन नागरिकको मृत्यु भएको छ । तर पछिल्ला केही समयमा भने यहाँ कोरोनाको असर केही घटेको पाइएको छ । अधिकारीले यहाँ ठूलो सङ्ख्याका नागरिकलाई खोप लगाइएको र बङ्गलादेशको सरकारले अपनाएको स्वास्थ्य मापदण्डका कारण यहाँ कोरोनाको प्रभाव घट्दै गएको हो । यहाँ पछिल्लो केही महिनामा यो भाइरसको सङ्क्रमण हुने दर र मृत्यु दर पनि घटेको पाइएको छ । यहाँ शनिबारभन्दा अघिल्लो दिनसम्म पनि कोरोनाबाट मृत्यु त भएको छ र तर निकै थोरै सङ्ख्यामा र कुनै दिन एकजना मात्रको पनि कोभिडबाट निधन हुने गरेको छ । भारतमा शनिबार थपिए १०,४८८ नयाँ सङ्क्रमित
भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप १० हजार ४८८ जना सङ्क्रमित भएका छन् । भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या एक लाख २२ हजार ७१४ रहेको छ । यो सङ्ख्या कूल सङ्क्रमित भएका मध्येको ०.३६ प्रतिशत मात्रै भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जनाएको छ सक्रिय सङ्क्रमितको यो सङ्ख्या सन् २०२० को मार्च अर्थात ५३२ पछिका सबैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन् । मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार कोरोना शुरु भएदेखि हालसमम तीन करोड ४५ लाख १० हजार ४१३ जना कोरोना सङ्क्रमित भएका छन् । हिजो शनिबार कोरोना सङ्क्रमणका कारण ३१३ जनाको मृत्यु भएको यसैसँगै भारतमा कोरोनाको कारण मृत्यु भएका व्यक्तिको सङ्ख्या चार लाख ६५ हजार ६६२ जना पुगेको पनि समाचारमा जनाइएको छ । पछिल्लो २४ घण्टामा भारतमा १२ हजार ३२९ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यसरी एकै समयमा नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कम हँुदै गएको हो । भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड ३९ लाख २२ हजार ३७ रहेको मन्त्रालयले जनाएको छ । गत जनवरी १६ बाट भारतमा कोरोनाविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि अहिलेसम्म भारतमा एक अर्ब १६ करोड ५० लाख ५५ हजार २१० डोज खोप लगाइएको छ । भारतमा हालसम्म ६३ करोड १६ लाख ४९ लाख ३७८को परीक्षण भएको पनि मन्त्रालयले जानकारी दिएको छ ।– रासस÷एएनआई