म्यानमारलाई चीनले दियो कोरोना विरुद्धको खोप

आइतबार, मंसिर ५, २०७८

याङ्गुन, ५ मङ्सिर । म्यानमारलाई चीन सरकारले कोरोनाविरुद्धको खोप सहयोग गरेको छ । पछिल्लो पटक यहाँ १० लाख मात्रा यो खोप पठाएको बताइएको छ । म्यानमारको सूचना मन्त्रालयले सो कुराको सूचना दिएको छ ।
चीन सरकारले अनुदानमा दिएको सो खोप शनिबार म्यानमारको याङ्गुन पुगेको सो मन्त्रालयले जानकारी दिएको छ । यहाँ पछिल्लो पटक कोरोनाको प्रभाव पहिलेको भन्दा केही बढेको देखिएको अधिकारीले जनाएका छन् ।
म्यानमार सरकारले यहाँ एक करोडभन्दा बढी व्यक्तिलाई कोरोना विरुद्धको खोपको पूर्णमात्रा दिइएको छ । सूचना मन्त्रालयले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा यहाँका एक करोड तीन लाख नागरिकलाई यो खोप दिइसकिएको छ ।
यहाँ शनिबार ६२५ जनामा कोरोना सङ्क्रमण भएको बताइएको छ । योसमेतगरी यहाँ पाँच लाख १७ हजार ३९५ जनामा यो भाइरसको सङ्क्रमण देखिएको छ ।
यहाँ गएको २४ घन्टामा २४ जनाको यो सङ्क्रमणबाट निधन भएको छ । यहाँ यो भाइरसबाट अहिलेसम्ममा १९ हजारभन्दा बढीको ज्यान गएको बताइएको छ ।– रासस/सिन्ह्वा

 

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  २२:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार