राजनीति
समाचार
समाज
खेलकुद
स्वास्थ्य
अर्थतन्त्र
स्थानीय सरकार
धर्म/संस्कृति
सुरक्षा
थप
अन्तर्राष्ट्रिय
जलवायु/मौसम
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
खेलकुद
स्वास्थ्य
अर्थतन्त्र
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
जलवायु/मौसम
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
राजनीति
एमाले महाधिवेशनमा खान र बस्न एक करोड ६० लाख खर्च हुने
एमाले महाधिवेशनमा खान र बस्न एक करोड ६० लाख खर्च हुने
होटल व्यवसायीले अग्रिम लिए ८० लाख रुपैयाँ
कुलप्रसाद काफ्ले
सोमबार, मंसिर ६, २०७८
सोमबार, मंसिर ६, २०७८
चितवनमा एमालेकाे १० औँ महाधिवेशनकाे उद्घाटन सत्रमा देखिने मञ्चकाे डिजाइन
चितवन, ६ मंसिर : सौराहामा अझै पनि विदेशी पर्यटकहरू नआउँदा निराश बनेका यहाँ होटल व्यवसायी यतिबेला पनि उत्साहित छन् । कोरोना संक्रमणको जोखिम कम भएर अवस्था सामान्य भइसक्दा सौराहामा आशा गरे जति अझै विदेशी पर्यटक आइपुगेका छैनन् ।
सौराहा सुरक्षित छ भन्ने सन्देश दिनका लागि व्यवसायीहरू ‘घुमौँ सौराहा’ अभियान लिएर देश दौडाहा जाँदा पनि सोचे जति पर्यटक आएका थिएनन् । नेकपा एमालेले १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्द सत्र सौराहामा गर्ने भएपछि भने व्यवसायीहरू उत्साहित भएका छन् ।
एमालेको बन्द सत्रका बेला सौराहामा इतिहासमा पहिलो पटक सबैभन्दा बढीको कारोबार हुने व्यवसायीहरूको अनुमान छ । एमालेको बन्द सत्र ११ र १२ मंसिरमा सौराहाको सेभेन स्टारमा हुँदै छ । ११ मंसिरको बिहान बेलुका र १२ मंसिरको बिहानको खाना प्रतिनिधिले होटल सेभेन स्टारमा खाने छन् । १० र १२ मंसिर बेलुकीको खाना भने प्रतिनिधि बसेकै होटलले व्यवस्थापन गर्ने छ ।
९–१३ मंसिरसम्मको अवधिमा सौराहामा १० करोडको हाराहारीमा कारोबार हुन अनुमान गरिएको क्षेत्रीय होटल व्यवसायी संघ सौराहा चितवनका अध्यक्ष दिपक भट्टराई बताउँछन् । सौराहा वाइल्डलाइफ पर्यटनका रूपमा परिचित छ । यहाँको लागि मंसिर महिना सिजनको रूपमा रहे पनि कोरोना महामारीका कारण विदेशी पर्यटकहरू अझै आएका छैनन् ।
‘बन्दसत्रमा देशभरबाट आउनुहुन्छ । बस्नुहुन्छ, खानुहुन्छ । त्यहीअनुसार गतिविधि बढ्छ । हामीकहाँ जिप, हात्ती सफारी छन् । यी सबैलाई हेर्दा मोटामोटी १० करोडको कारोबार हुन्छ कि भन्ने आंकलन गरेका छौँ’, उनले भने । एमालेको कार्यक्रमपछि सौराहाको पर्यटन गतिविधि दीर्घकालिन रूपमा वृृद्धि हुँदै जाने व्यवसायीहरूको अपेक्षा छ ।
सौराहाको इतिहासमा अहिले जसरी सबै होटलहरू बुक भएको अवस्था सायदै नरहेको उनी बताउँछन् । ‘होटलहरूको एउटा पनि कोठा खाली नरहेर भरिएको यो पहिलो पटक हो’, उनी भन्छन्, ‘यसअघि ८० देखि ९० प्रतिशतसम्म सौराहा भरिएको भन्ने गथ्र्यौँ । अहिले त एउटा पनि रुम छैन ।’
सौराहामा अहिले भारतीय पर्यटकहरू दैनिक २०० भन्दा बढी आए पनि तेस्रो मुलुकका पर्यटकको आगमन एकदमै न्यून रहेको उनी बताउँछन् । महाधिवेशनको बन्द सत्रमा सहभागी हुने महाधिवेशन प्रतिनिधि, स्वयंसेवक, अतिथि र पत्रकारहरूका लागि भनेर ३५ सय बेड बुकिङ गरिएको छ ।
पाँच छाक खाना र बस्नका लागि भनेर एमालेले सौराहामा एक करोड ६० लाख खर्चिएको छ । जसमा व्यवसायीहरूले ८० लाख रुपैयाँ अग्रिम लिइसकेका छन् ।
‘सौराहामा ६५ सय बेड छ । महाधिवेशनका लागि भनेर ३५ सय बेड बुक गर्नुभएको छ’, उनले भने, ‘एमालेले महाधिवेशन यहाँ गर्ने भयो भनेर हल्ला भएपछि १५ सय बेड जति त पहिल्यै बुक भइसकेका रहेछन् ।’ पछिल्ला दिनहरूमा व्यक्तिगत रूपमा फोन र प्रत्यक्ष भेटेर पनि कोठा बुक गर्ने काम भइरहेकाले अब कोठा पाउन मुस्किल रहेको उनले बताए ।
९–१३ मंसिरसम्म एमालेको महाधिवेशनबाहेक अन्य गतिविधिका लागि कोठा उपलब्ध नरहेको उनी बताउँछन् । सौराहामा क्षेत्रीय होटल व्यवसायी संघ र रेस्टुरेन्ट एण्ड बार एसोसियसनमा आबद्ध १२० वटा होटल छन् । ती संस्थामा आबद्ध नभएका ६० भन्दा बढी होटल पनि सौराहामा छन् । महाधिवेशनको बन्द सत्रमा सहभागी हुने सबैको व्यवस्थापनका लागि सौराहाका सबै होटललाई समेटिएको उनले बताए ।
तोकिएको शुल्क भन्दा बढी कोठा भाडा नलिन आग्रह
सौराहाका होटलहरूलाई स्तरअनुसार ठूलो, मझौला र सानो गरी तीन वर्गमा वर्गीकरण गरिएको छ । ठूलो वर्गका होटलमा स्टार लेभलका स्विमिङ पुलसहितका ५० देखि ६० वटा कोठा भएका होटल पर्छन् । त्यसैगरी २५ देखि ३० वटा कोठा भएका होटललाई मझौला वर्गमा राखिएको छ भने १० देखि १५ वटा कोठा भएका होटललाई सानो ग्रेडमा राखिएको छ ।
महाधिवेशनमा सहभागीलाई होटलहरूले स्तर अनुसार २० देखि ५० प्रतिशतसम्म छुट दिएका छन् । साना होटलका कोठालाई २५ सय, मझौला होटलका कोठालाई ३५ सय र ठूला होटलका कोठालाई चार हजारमा खानासहित उपलब्ध गराइएको उनले बताए ।
‘हामीले प्रचारप्रसारका लागि विशेष छुट दिएका हौँ । एमालेले हाम्रो निःशुल्क प्रचार गरेको जस्तो भएकाले हामीले पनि अवसरका रूपमा लिएका छौँ’, उनले भने ।
यसअघि विभिन्न दलहरूले सौराहामा कार्यक्रम आयोजना गर्ने र सम्झौताअनुसारको पैसा पनि नदिएर झुलाएर राख्ने गरेकोमा एमालेले अग्रिम पैसा दिएकोमा उनले खुसी व्यक्त गरे । पर्यटन प्रवद्र्धनमा राम्रो कडी बन्न सक्छ भन्ने विश्वासले छुटको व्यवस्था गरिएको उनले बताए ।
‘कोठा सहजै पाउन मुश्किल भएको हुँदा कसैले बढी पैसा दिन्छु कोठा राखिदिनु भनेर फोन आएको छ भन्ने पनि सुनिएको छ । तर, हामीले तय गरेकोभन्दा बढी पैसा कसैले पनि लिनुहुन्न । गुनासो आएछ भने हामी एक्सनमा जान्छौँ’, उनले भने ।
एमाले महाधिवेशनको बन्द सत्रबाट सौराहामा ठूला कार्यक्रम गर्न र सहभागीलाई खानपानको उचित बन्दोबस्त गर्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको उनले बताए ।
२५ प्रतिशतले हात्ती चढ्ने विश्वास
एमालेले महाधिवेशन चितवनमै गर्नु व्यवसायीको लागि सौभाग्य भएको युनाइटेड हात्ती सञ्चालन सहकारीका अध्यक्ष एवम् इको एड्भेन्चर रिसोर्टका सञ्चालक ऋषी तिवारी बताउँछन् । देशभरबाट आएका महाधिवेशन प्रतिनिधिलाई सौराहाले राम्रो आतिथ्यता दिएर देशभर राम्रो सन्देश प्रवाह गर्ने तयारी छ ।
‘घुमौँ सौराहा अभियानपछि पनि सोचेँजति पर्यटक नआएको अवस्थामा एमालेले महाधिवेशन यही गर्नु हामी व्यवसायीका लागि सौभाग्यको कुरा हो । हामीले यहाँ आउने प्रतिनिधि मार्फत यहाँको राम्रो सन्देश देशभर जाने गरी सेवासुविधा उपलब्ध गराउछौँ’, उनले भने ।
महाधिवेशनको बन्द सत्रमा सहभागीमध्ये करिब २५ प्रतिशत सहभागीले सफारी गर्ने व्यवसायीहरूको अनुमान छ । एक घण्टाको हात्ती सफारी हुने गरेकोमा महाधिवेशनलाई लक्षित गरेर दुई घण्टा गरिएको छ । अहिले सौराहाका ७५ प्रतिशत हात्तीहरू दैनिक सफारीमा जाने गरेका छन् ।
एउटा हात्तीले बिहान र बेलुका दुई÷दुई पटक सफारी गर्ने उनले बताए । एउटा हात्तीमा चार जनासम्म चढ्न सक्छन् । त्यस हिसाबले एउट हात्तीले दिनमा १६ जना पर्यटकलाई सफारी गराउन सक्छ । हात्ती सफारी गर्ने विदेशी पर्यटकले २५ सय रुपैयाँ तिर्छन् भने आन्तरिक पर्यटकले १५ सय रुपैयाँ तिरे पुग्छ ।
१०१ शेयर सदस्य रहेको सहकारीमा ३३ वटा हात्ती छन् । एउटा हात्तीमा तीन÷चार जनासम्म व्यवसायीको पनि लगानी हुने गरेको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र हुने जिप सफारीका लागि सौराहामा ४० वटा जिप छन् ।
सामुदायिक वनमा हुने जिप सफारीका लागि ९० वटा जिप छन् । निकुञ्जभित्र एक पटकमा चार घण्टा र सामुदायिक वनमा एक पटकमा साढे दुई घण्टासम्म जिप सफारी हुन्छ । निकुञ्जमा सफारी गर्दा प्रतिव्यक्ति करसहित एक हजार ६५० रुपैयाँ र सामुदायिक वनमा सफारी गर्दा प्रतिव्यक्ति करसहित ६५० रुपैयाँ शुल्क लाग्छ ।
उनको २२ कोठा भएको मझौला स्तरको रिसोर्ट पनि छ । रिसोर्टमा १७ जना कर्मचारी कार्यरत थिए । महाधिवेशनलाई लक्षित गरेर १३ जना कर्मचारी थप गरिसकिएको उनले बताए । बाह्य पर्यटकलाई आकर्षण गरेर राजस्व बृद्धिका लागि सरकारले नै पहल गर्नुपर्ने उनी बताउँछन् ।
प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८
२०:४३
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
महालक्ष्मीस्थान चोकदेखि नख्खु खोला पुलसम्मको सडक कालोपत्र (भिडियो)
नंः २
ललितपुर महानगर २८ नं. वडाले शैक्षिक सम्मान तथा हस्तकला प्रदर्शनी आयोजना गर्दै (भिडियो)
नंः ३
सहरलाई विकसित र समृद्ध बनाउन असल अभ्यास आदानप्रदान आवश्यक
नंः ४
कार्नेस र पिलाष्टरको सीप सिकाउन ललितपुर महानगरमा तालिम
नंः ५
सल्यानको शारदा नगरपालिकामा मेयरकप टी २० क्रिकेट सुरु
विशेष
क्यान्सर विजेता बबीका कुरा
बुधबार, चैत २७, २०८१
अन्तर्वार्ता
जनतासँग प्रत्यक्ष जोडिएर काम गरिरहेका छौं : महेन्द्रकुमार खड्का
सोमबार, माघ २१, २०८१
यतिबेला एनआरएनए हारेको अवस्थामा छ : डा. पौडेल
मंगलबार, माघ १, २०८१
काष्ठ व्यवसायलाई प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय प्रदर्शनी फलदायी हुने : होमप्रसाद घिमिरे अध्यक्ष, नेपाल प्लाईउड उत्पादक संघ (भिडियो)
आइतबार, पुस २८, २०८१
जाडो याममा स्वासप्रस्वास नली सुनिने र फोक्सोमा असर देखिनसक्छ : डा.प्रतिक वाग्ले
शुक्रबार, पुस १९, २०८१
माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विश्वकर्मा (भिडियाे)
आइतबार, मंसिर ९, २०८१
अन्तर्राष्ट्रिय स्तरसम्म नै लडेर बालबालिकाको अधिकार लिनुपर्छ : डा.देबकी आचार्य बालअधिकारकर्मी (भिडियो)
बुधबार, मंसिर ५, २०८१
जीवनशैली
वेइझाउ टापुमा ब्राइडका ह्वेलहरू हेर्नेको भीड
शुक्रबार, माघ ४, २०८१
एआइको उपयोग गर्न जाने फाइदा लिन सकिन्छ : प्रधानमन्त्री
आइतबार, कात्तिक ११, २०८१
दीर्घायुका रहस्य : ‘ब्लु जोन’का मिथक र वास्तविकता
शुक्रबार, कात्तिक ९, २०८१
अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ?
शनिबार, असोज ५, २०८१
अल्बर्ट आइन्स्टाइन हस्ताक्षरित पत्र ५१ करोडमा लिलामी
आइतबार, भदौ ३०, २०८१
चीनले सन् १९५० पछि पहिलो पटक बढायो अवकाशको उमेर
शुक्रबार, भदौ २८, २०८१
शिक्षा
पूर्वाञ्चल विश्वविद्यालयका आठ हजार १५० विद्यार्थी दीक्षित
मंगलबार, फागुन २७, २०८१
विश्वविद्यालयहरुमा नियुक्ति गर्दा अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्न सुझाव
शुक्रबार, फागुन २, २०८१
नेपाल उच्चशिक्षा अध्ययनका लागि अब्बल छ : उपप्रधानमन्त्री सिंह
बुधबार, माघ ३०, २०८१
थामी समुदायले दिए देउसी खेलेर सङ्कलन गरेको पैसा विद्यालय सञ्चालनको लागि चन्दा
बुधबार, माघ २३, २०८१
पद्मकन्या बहुमुखी क्याम्पसमा ‘पेलिकन क्रसिङ’ सञ्चालनमा
बुधबार, माघ २३, २०८१
विद्यार्थीले बाँडे विद्यार्थीलाई शैक्षिक सामाग्री
सोमबार, माघ १४, २०८१
यसरी नमुना विद्यालय बनेको छ रामेछापको दुर्गम गाउँ बेथानस्थित डहु मावि
शुक्रबार, माघ ११, २०८१
हिमाली गाउँ लाहाछेवरका विद्यार्थीलाई विद्यालयमा दिवा आवास
बुधबार, माघ २, २०८१
समाचार
मुद्दा मिलाइदिन्छु भन्दै पत्रकारले दुई हजार रुपैयाँ माग गरेको गुनासो
सोमबार, वैशाख ८, २०८२
असिना पानीले पाँच करोडको ईंट्टा भिजेर नष्ट
सोमबार, वैशाख ८, २०८२
स्व.रामनारायण मिश्र स्मारक निर्माण विवादमा अदालतले दियो काम रोक्न आदेश
आइतबार, वैशाख ७, २०८२
नेक अल्मुनाई मिटः दक्ष जनशक्ति उत्पादनमा कलेजले पुर्याएको योगदानको प्रशंसा
आइतबार, वैशाख ७, २०८२
सुनकोशीको बाढीले क्षति पुर्याएको झोलुङ्गे पुल आउने वर्षा अगाडि नै बन्ने
शनिबार, वैशाख ६, २०८२
थप समाचार
शिक्षकहरुको आन्दोलन आज पनि जारी
सोमबार, मंसिर ६, २०७८
रविको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै
सोमबार, मंसिर ६, २०७८
राप्रपा महामन्त्री धवल शमशेर हाजिर जमानीमा रिहा
सोमबार, मंसिर ६, २०७८
स्थानीय तहलाई २२ करोड हस्तान्तरण गर्ने कोशी प्रदेश सरकारको निर्णय
सोमबार, मंसिर ६, २०७८
Subscribe Newsletter
×