सामान्य अंकले बढ्यो नेप्से

बुधबार, मंसिर ८, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौं, ८ मंसिर : साताको चौथो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ । मंगलबार दोहोरो अंकले घटेको सेयर बजार बुधबार एक दशमलव ८२ अंकले बढेर दुई हजार सात सय ३४ दशमलब ९४ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।   कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ ।  नेप्सेमा २२७ कम्पनीको ७४ लाख ४५ हजार २२७ कित्ता सेयर खरिद बिक्री हुँदा चार अर्ब २१ करोड ७४ लाख बराबरको कारोबार भएको छ ।

मंगलबार पनि नेप्सेमा चार अर्ब १६ करोड ५८ लाख बराबरको कारोबार भएको थियो । बुधबार सबैभन्दा बढी कारोबार नेपाल दूरसञ्चार कम्पनीले गरेको छ । यस बैंकले २६ करोड १५ लाख भन्दा बढीको कारोबार गरेको छ ।

बुधबार कारोबारमा आएका बैंकिङ, व्यापार, जीवन बिमा समूहको सूचकबाहेक सबै समूहको सूचकमा सामान्य अंकको गिरावट आएको छ । एउटा कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको नेप्सेले जनाएकाे छ । सेयर मूल्यमा उच्च वृद्धि हुने कम्पनीमा मैलुङ खोला जलविद्युत कम्पनी छ । यस कम्पनीको सेयर मूल्य नौ दशमलव ४७ प्रतिशतले बढेर प्रतिकित्ता ५६५ रुपैयाँ पुगेको छ ।      

बुधबार गोर्खाज फाइनान्स, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी, र एनआईसी एसिया लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै नोक्सान व्यहोरेका छन् । बुधबार यी कम्पनीको सेयर मूल्य दुई प्रतिशत भन्दा बढीले ओरालो लागेको छ ।  

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १५:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार