राजनीति
समाचार
समाज
खेलकुद
स्वास्थ्य
अर्थतन्त्र
स्थानीय सरकार
धर्म/संस्कृति
सुरक्षा
थप
अन्तर्राष्ट्रिय
जलवायु/मौसम
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
खेलकुद
स्वास्थ्य
अर्थतन्त्र
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
जलवायु/मौसम
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
समाचार
छाङरु र तिंकरको जनगणना गरेर फर्किएकाे टोलीलाई हेलिकोप्टरमार्फत खलंगा ल्याइयो
छाङरु र तिंकरको जनगणना गरेर फर्किएकाे टोलीलाई हेलिकोप्टरमार्फत खलंगा ल्याइयो
बिरा दत्त भट्ट
बिहीबार, मंसिर ९, २०७८
बिहीबार, मंसिर ९, २०७८
दार्चुला, ९ मंसिर : दार्चुलाको ब्यास गाउँपालिका-१ छाङरु र तिंकरमा जनगणना गर्न गएको टोलीलाई बिहीबार नेपाली सेनाको हेलिकोप्टरमार्फत दार्चुला सदरमुकाम खलंगा ल्याइएको छ । भारतले आफ्नो क्षेत्रको सडकबाट जान नदिँदा स्वदेशको बाटो भएर जोखिमपूर्ण यात्रा गर्दै चार दिन हिँडेर जनगणना टोली उक्त क्षेत्र पुगेको थियो ।
३ मंसिरमा दार्चुला सदरमुकाम खलंगाबाट उक्त क्षेत्रतर्फ गएको जनगणना टोली ६ मंसिरमा छाङरु पुगेर जनगणना सुरू गरेको थियो । तीन दिनमा छाङरु र तिंकरगाउँमा जनगणना गरि बिहीबार खलंगा फिर्ता भएको जनगणना गर्न गएका जनगणना कार्यालय दार्चुलाका सहायक जनगणना अधिकारी खगेन्द्रसिह कार्कीले जानकारी दिए ।
जनगणना गर्न जनगणना कार्यालय दार्चुलाका सहायक जनगणना अधिकारी खगेन्द्रसिह कार्की र कार्यालय सहयोगी लोकेन्द्र टेर गएका थिए । दुम्लिङबाट एक जना स्थानीय बाटो देखाउने मान्छे लगेर गएको कार्कीले बताए ।
खलंगाबाट पहिलो दिन ब्यास गाउँपालिका-२ दुम्लिङ, दोस्रो दिन थी र तेस्रो दिन बुदीमा बास बसेको र चौथो दिन छाङरु पुगेको कार्कीले बताए । ‘बाटो अधिकाशं क्षेत्रमा भत्किएको थियो, बुट्यानका मुना समात्दै केही ठाउँमा पहाड चढेर र कुनै ठाउँमा बाटो बनाएर यात्रा गरी छाङरुसम्म पुगेका थियौ’, कार्कीले भने ।
दुम्लिङभन्दा माथिल्लो क्षेत्रको मानवबस्ती छाङरुमा मात्र छ । दुई दिन राति भेडी गोठहरूमा बसेको कार्कीले बताए । ‘थी’ र ‘बुदी’मा भेडी खर्कमा बसेको उनकाे भनाइ छ ।
'जादाँ जोखिमपुर्ण यात्रा गरी चार दिन हिँडेर गएका थियौँ, आउँदा विभागले हेलिकोप्टरको व्यवस्था गरिदिएर २० मिनेटमै सदरमुकाम पुग्यौँ', कार्कीले भने ।
बाटो जोखिमपूर्ण भएकाले गणना टोलीलाई फिर्ता गर्नका लागि विभागलाई हेलिकोप्टरको व्यवस्था गर्न जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले अनुरोध गरेका थिए । सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकोप्टरले जनगणना टोलीलाई सदरमुकाम फिर्ता ल्याएको कार्यालय प्रमुख पाण्डेले बताए ।
छाङरु र तिंकर गाउँमा रहेका ११३ घरपरिवार तथा त्यहाँस्थित एउटा सशस्त्र प्रहरी गुल्म र प्रहरी चौकीमा जनगणना गरिएको उनले बताए ।
उक्त क्षेत्रमा चिसो बढेपछि तिंकरका केही परिवार जनगणना टोली पुग्नुभन्दा पहिला नै खलंगा झरेका छन् । सदरमुकाम झरेकाहरूको गणक परिचालन गरेर सदरमुकाममै जनगणना गरिएको जनगणना कार्यालय दार्चुलाका खरिदार हरिस पन्तले बताए ।
भारतीय सुरक्षाकर्मीद्वारा निगरानी
जनगणना टोली नेपालको बाटो भएर गएको खबर भारतीय प्रशासन र सुरक्षा निकायलाई पनि थियो । नेपालमा हिँड्नै नसकिने बाटो भएकाले महाकाली नदीमा तुइनको प्रयोग गरि भारतीय बाटो भएर जनणना टोली जान सक्ने भन्दै भारतले सुरक्षा निगरानी बढाएको थियो । ब्यास गाउँपालिका क्षेत्रमा महाकाली नदीमाथि लगाइएका तुइनहरूमा भारतीय सुरक्षा निकायले निगरानी बढाएको बुझिएको कार्कीले बताए ।
छाङरु र भारतको गरब्याङ गाउँ जोड्ने सीतापुल नाकामा पनि सदाझैँ भन्दा जनगणनाको समयमा तेब्बर सुरक्षाकर्मी परिचालन गरेको पाइएको उनको भनाइ छ ।
छाङरु र तिंकरमा जनगणना गर्नका लागि भारतीय सडक भएर जान जिल्ला प्रशासन कार्यालयले गत २६ कात्तिकमा भारतको पिथौरागढ जिल्लाको धार्चुला तहशिलसँग अनुमति मागेको थियो । भारतीय प्रशासनले अनुमति नदिँदा जनगणना प्रभावित हुन सक्ने भन्दै जनगणना कार्यालयले स्वदेशबाटै जनगणना टोली पठाएको थियो ।
ब्यास गाउँपालिका- १ मा पर्ने पाँच गाउँहरू कुटी, नाभी, गुञ्जी, तिंकर र छाङरु मध्ये कुटी, नाभी र गुञ्जी भारतले अतिक्रमण गरेको छ । भारतले अतिक्रमण गरेका बाहेक तिंकर र छाङरु गाउँमा नेपालको प्रशासनिक अधिकार कायम छ ।
छाङरु पुग्ने नेपालको बाटो वर्षादको बेला महाकाली नदीको कटानले तथा भारतले विस्तार गरिरहेको धार्चुला–लिपुलेक सडकका कारण ठाउँठाउँमा अवरुद्ध छ । नेपालतर्फ बाटो जोखिमपुर्ण भएकाले स्थानीयदेखि त्यस क्षेत्रमा पुग्ने नेपाली सुरक्षाकर्मीहरुले समेत भारतीय सडक प्रयोग गर्ने गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८
१८:५६
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
महालक्ष्मीस्थान चोकदेखि नख्खु खोला पुलसम्मको सडक कालोपत्र (भिडियो)
नंः २
ललितपुर महानगर २८ नं. वडाले शैक्षिक सम्मान तथा हस्तकला प्रदर्शनी आयोजना गर्दै (भिडियो)
नंः ३
सहरलाई विकसित र समृद्ध बनाउन असल अभ्यास आदानप्रदान आवश्यक
नंः ४
कार्नेस र पिलाष्टरको सीप सिकाउन ललितपुर महानगरमा तालिम
नंः ५
सल्यानको शारदा नगरपालिकामा मेयरकप टी २० क्रिकेट सुरु
विशेष
क्यान्सर विजेता बबीका कुरा
बुधबार, चैत २७, २०८१
अन्तर्वार्ता
जनतासँग प्रत्यक्ष जोडिएर काम गरिरहेका छौं : महेन्द्रकुमार खड्का
सोमबार, माघ २१, २०८१
यतिबेला एनआरएनए हारेको अवस्थामा छ : डा. पौडेल
मंगलबार, माघ १, २०८१
काष्ठ व्यवसायलाई प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय प्रदर्शनी फलदायी हुने : होमप्रसाद घिमिरे अध्यक्ष, नेपाल प्लाईउड उत्पादक संघ (भिडियो)
आइतबार, पुस २८, २०८१
जाडो याममा स्वासप्रस्वास नली सुनिने र फोक्सोमा असर देखिनसक्छ : डा.प्रतिक वाग्ले
शुक्रबार, पुस १९, २०८१
माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विश्वकर्मा (भिडियाे)
आइतबार, मंसिर ९, २०८१
अन्तर्राष्ट्रिय स्तरसम्म नै लडेर बालबालिकाको अधिकार लिनुपर्छ : डा.देबकी आचार्य बालअधिकारकर्मी (भिडियो)
बुधबार, मंसिर ५, २०८१
जीवनशैली
वेइझाउ टापुमा ब्राइडका ह्वेलहरू हेर्नेको भीड
शुक्रबार, माघ ४, २०८१
एआइको उपयोग गर्न जाने फाइदा लिन सकिन्छ : प्रधानमन्त्री
आइतबार, कात्तिक ११, २०८१
दीर्घायुका रहस्य : ‘ब्लु जोन’का मिथक र वास्तविकता
शुक्रबार, कात्तिक ९, २०८१
अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ?
शनिबार, असोज ५, २०८१
अल्बर्ट आइन्स्टाइन हस्ताक्षरित पत्र ५१ करोडमा लिलामी
आइतबार, भदौ ३०, २०८१
चीनले सन् १९५० पछि पहिलो पटक बढायो अवकाशको उमेर
शुक्रबार, भदौ २८, २०८१
शिक्षा
पूर्वाञ्चल विश्वविद्यालयका आठ हजार १५० विद्यार्थी दीक्षित
मंगलबार, फागुन २७, २०८१
विश्वविद्यालयहरुमा नियुक्ति गर्दा अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्न सुझाव
शुक्रबार, फागुन २, २०८१
नेपाल उच्चशिक्षा अध्ययनका लागि अब्बल छ : उपप्रधानमन्त्री सिंह
बुधबार, माघ ३०, २०८१
थामी समुदायले दिए देउसी खेलेर सङ्कलन गरेको पैसा विद्यालय सञ्चालनको लागि चन्दा
बुधबार, माघ २३, २०८१
पद्मकन्या बहुमुखी क्याम्पसमा ‘पेलिकन क्रसिङ’ सञ्चालनमा
बुधबार, माघ २३, २०८१
विद्यार्थीले बाँडे विद्यार्थीलाई शैक्षिक सामाग्री
सोमबार, माघ १४, २०८१
यसरी नमुना विद्यालय बनेको छ रामेछापको दुर्गम गाउँ बेथानस्थित डहु मावि
शुक्रबार, माघ ११, २०८१
हिमाली गाउँ लाहाछेवरका विद्यार्थीलाई विद्यालयमा दिवा आवास
बुधबार, माघ २, २०८१
समाचार
शिक्षकहरु चित्त नदुखाई फर्किनुहोला, यो आन्दोलन गर्ने समय होइन् : ओली
सोमबार, वैशाख ८, २०८२
पाथीभरा जाँदै गरेको जिपमा आगलागी, चार जनाको मृत्यु
सोमबार, वैशाख ८, २०८२
कालिकोटको विरानी रात : एउटा ट्याक्टर दुर्घटनाले गुमेको चार जीवन
सोमबार, वैशाख ८, २०८२
मुद्दा मिलाइदिन्छु भन्दै पत्रकारले दुई हजार रुपैयाँ माग गरेको गुनासो
सोमबार, वैशाख ८, २०८२
असिना पानीले पाँच करोडको ईंट्टा भिजेर नष्ट
सोमबार, वैशाख ८, २०८२
थप समाचार
शिक्षकहरु चित्त नदुखाई फर्किनुहोला, यो आन्दोलन गर्ने समय होइन् : ओली
बिहीबार, मंसिर ९, २०७८
पाथीभरा जाँदै गरेको जिपमा आगलागी, चार जनाको मृत्यु
बिहीबार, मंसिर ९, २०७८
कालिकोटको विरानी रात : एउटा ट्याक्टर दुर्घटनाले गुमेको चार जीवन
बिहीबार, मंसिर ९, २०७८
मुद्दा मिलाइदिन्छु भन्दै पत्रकारले दुई हजार रुपैयाँ माग गरेको गुनासो
बिहीबार, मंसिर ९, २०७८
Subscribe Newsletter
×