सोसल मिडिया
Contact Us
युनिकोड
बेइजिङ । चीनमा १०६ बर्षे वृद्ध व्यक्तिलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ । चिनियाँ स्वास्थ्य अधिकारीले दिएको जनाकारीअनुसार ती व्यक्ति खोप लिने मध्येका हालसम्का सबैभन्दा वृद्ध हुन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी झेङ झोङवेईले पत्रकार सम्मेलनमा बताएअनुसार ‘चीन भित्र र बाहिर गरी ६० वर्षभन्दा माथिका मानिसहरूलाई हालसम्म चिनियाँ कोभिड–१९ खोपको ५० करोड डोज दिइएको छ । चिनियाँ खोपले वृद्धहरूमा राम्रो प्रतिरोधात्मक क्षमता देखाएको पनि झेङले बताएका छन् । साठी वर्ष भन्दा माथिका मानिसहरूमा खोपको प्रतिकूल प्रभावको दर १८–५९ उमेर समूहमा देखाइएको तुलनामा थोरै कम रहेको अध्ययनले देखाएको छ ।– रासस/सिन्ह्वा