रुसद्वारा ओमिक्रोनविरुद्धको खोप बनाउन सुरु

बुधबार, मंसिर १५, २०७८

मस्को । कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनका विरुद्ध रुसमा खोप बनाउन थालिएको छ । 
रुसको गामालेया राष्ट्रिय अनुसन्धान केन्द्रले कोरोनाभाइरसको नयाँ भेरियन्ट अनुसारकै खोपको पनि नयाँ संस्करण बनाउन लागिएको जनाएको छ । 
केन्द्रका अधिकारीले कोरोनाभाइरसविरुद्ध प्रयोग भएको स्पुतनिक भीलाई नै संशोधन गरेर ओमिक्रोनका विरुद्धमा पनि काम गर्ने बनाउन लागिएको जानकारी दिएका छन् । 
उनीहरुले ओमिक्रोनविरुद्ध काम गर्ने खोपको विकास चाँडै नै हुने सक्ने विश्वास पनि व्यक्त गरेका छन् । ओमिक्रोनविरुद्ध काम गर्ने खोपको विकास भएपछि ४५ दिनमै आम नागरिकलाई खोप उपलब्ध गराइने उनीहरुले बताएका छन् । 
अन्तरराष्ट्रिय बजारसमेतलाई पुग्नेगरी खोप उत्पादन गर्न सकिने उनीहरुको भनाइ छ ।– रासस/सिन्ह्वा

प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  ०७:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार