बेलायतले १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोपको बुस्टर डोज दिने

बुधबार, मंसिर १५, २०७८

लन्डन, १५ मङ्सिर । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यहाँका १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा दिने जानकारी दिएका छन् ।  मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा उनले भने, सरकारले आगामी जनवरीको अन्त्यसम्ममा बेलायतका सबैजना १८ वर्षमाथिका नागरिकलाई बुस्टर डोज खोप दिनेछ ।

यस प्रयोजनका लागि बेलायत सरकारले देशैभरि एक हजार ५०० खोप केन्द्रको व्यवस्था गरेको र आगामी जनवरीको अन्तिमसम्ममा देशैभरिका १८ वर्षमाथिका नागरिकलाई खोप दिने पनि बताए ।

उनले अब अहिलेकै अवस्थामा बेलायतमा अर्काे लकडाउन नगरिने पनि बताए । उनले नयाँ भाइरस ओमिक्रोनका विरुद्धमा लड्नका लागि नागरिकले नै सरकारलाई बल दिनुपर्छ, तर अब लकडाउनका अवस्था आउँदैन भनेका छन् ।–रासस/सिन्ह्वा
 

प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  १८:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार