भारतमा कोरोना सङ्क्रमतिको सङ्ख्या तीन करोड ४५ लाख ९६ हजार ७७६ पुग्यो 

बुधबार, मंसिर १५, २०७८

नयाँदिल्ली, १५ मङ्सिर । भारतमा हिजो मङ्गलबार आठ हजार ९५४ जनामा कोरोना सङ्क्रमण देखापरेपछि कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४५ लाख ९६ हजार ७७६ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ । 
मङ्गलबार कोरोना सङ्क्रमणबाट २७६ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या चार लाख ६९ हजार २४७ पुगेको छ । भारतमा अझै पनि ९९ हजार २३ जना सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ । 
गएको २४ घण्टामा भारतमा १० हजार २०७ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४० लाख २८ हजार ५०६ जनालाई कोरोनाको सङ्क्रमण निको भएको छ ।– रासस/सिन्ह्वा
 

प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  १९:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार