सोसल मिडिया
Contact Us
युनिकोड
लस एञ्जलस, १७ मङ्सिर । पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन अमेरिकामा पनि देखा परेको छ । अमेरिकाका स्वास्थ्य अधिकारीले यो नयाँ भेरियन्ट बुधबार अमेरिकाको क्यालिफोर्नियामा पत्तालागेको पाइएको समाचार दिएका भनी विभिन्न विदेशी सञ्चारमाध्यमले जनाएका छन् । यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट आएका एक व्यक्तिमा सो भेरियन्ट देखिएको जानकारी क्यालिफोर्नियाको स्वास्थ्य विभागका अधिकारीले बुधबार जानकारी दिएका हुन् । उनको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि युनिभर्सीटी अफ क्यालिफोर्नियामा थप परीक्षण गरिएको थियो । यसबाट उनको कोरोना भाइरसको नयाँ अर्थात् पछिल्लो घातक भेरियन्ट भनिएको ओमिक्रोन पत्ता लागेको बताइएको छ । अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले क्यालिफोर्नियामा बुधबार देखापरेको यो नै अमेरिकामा देखिएको ओमिक्रोनको पहिलो सङ्क्रमण भएको पुष्टि गरेको पनि समाचारमा जनाइएको छ । अघिल्लो हप्ता दक्षिण अफ्रिमा पत्ता लागेको बताइएको यो भाइरस विश्वका कैयौँ देशमा भेटिइसकेको छ ।
साउदी अरेबिया र युएईमा ओमिक्रोनको पहिलो केस
साउदी अरेबिया र युएईमा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको पहिलो केस पुष्टि भएको दुवै देशका स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ । “ओमिक्रोन भेरियन्टको एउटा केस राज्यमा पत्ता लागेको छ । उत्तर अफ्रिकी देशबाट आएका एक नागरिकमा उक्त भेरियन्ट फेला परेको हो ।” साउदी स्वास्थ्य मन्त्रालयका एक अधिकारीले राज्यद्वारा सञ्चालित समाचार समिति एसपीएलाई जानकारी दिएका छन् । सङ्क्रमित ती व्यक्तिलाई छुट्टै राखिएको र आवश्यक स्वास्थ्य उपाय दिइएको पनि बताइएको छ । छिमेकी राष्ट्र संयुक्त अरब इमिरेट्सले पनि आफ्नो देशमा पहिलो ओमिक्रोन केस पत्ता लागेको जनाएको छ । “एउटी अफ्रिकी महिला अफ्रिकी देशबाट अरब देश हुँदै आएकोमा उक्त भेरियन्ट पत्तालागेको स्वास्थ्य मन्त्रालयले ट्विटरमार्फत जानकारी दिएको छ । यो भेरियन्ट पहिलो पटक दक्षिण अफ्रिकाले घोषणा गरेको थियो तर पछि युरोपमा पहिले नै रहेको पत्ता लागेको छ । यस नयाँ भेरियन्टले पुनःविश्वभरका यात्रा प्रतिबन्ध लागू गर्न प्रेरित गरेको छ । साउदी अरेबियाले गत हप्ता सात दक्षिणी अफ्रिकी देशबाट उडान रोकेको थियो । अन्य कैयौँ देशले पनि दक्षिणी अफ्रिकी देशबाट उडान रोकेको छ । साउदी अरेबियामा महामारीको सुरुमा लगाइएको केही बाँकी प्रतिबन्ध हटाइरहेको थियो । मुस्लिम पवित्र स्थानमा पूजा गर्नेलाई अक्टोबरदेखि काँधमा काँध मिलाएर प्रार्थना गर्न पुनः सुरु गर्न अनुमति दिइएको थियो । करिब तीन करोड ५० लाख जनसङ्ख्या भएको यस देशमा कोभिडको चार करोड ७० लाखभन्दा बढी डोज खोप दिइएको छ । महामारी सुरु भएदेखि, साउदी अरेबियामा कोविड–१९ को पाँच लाख ४९ भन्दा बढी सङ्क्रमति भएका छन् । जसमध्ये आठ हजार ८०० भन्दा बढीको मृत्यु भएको छ । युएईमा करिब सात लाख ४२ हजार २०० सङ्क्रमति भएका छन् भने यसको सङ्क्रमणबाट दुई हजार १०० भन्दा बढीको मृत्यु भएको छ । स्पेनमा पनि ओमिक्रोन स्ट्रेन देखियो कोभिड–१९ को नयाँ स्ट्रेन ओमिक्रोनको तेस्रो सङ्क्रमणको घटना स्पेनको बेलेरिक टापुमा पुष्टि भएको स्वास्थ्य अधिकारीले बताएका छन् । सन् स्पेसेस विश्वविद्यालय अस्पतालको माइक्रोबायोलोजी प्रयोगशालाले आज विशेष पिसिआर परीक्षणमार्फत ओमीक्रोन सार्स–कोभिड–२ स्ट्रेनको सङ्क्रमण पुष्टि गरेको कुरा बेलेरिक टापु सरकारको स्वास्थ्य परिषद्ले विज्ञप्तिमार्फत् जनाएको छ । यस अघि दुई केस म्याड्रिडमा पुष्टि भएका थिए । तीनवटै सङ्क्रमण दक्षिण अफ्रिकाका यात्रुमा पत्ता लागेको हो ।–रासस/सिन्ह्वा