सोसल मिडिया
Contact Us
युनिकोड
मोगादिसु, १७ मङ्सिर । पहिले पहिले एच आचआइभी एड्स निकै बढ्दो क्रममा रहेको सोमालियामा अहिले भने एड्सको सङक्रमण घटेको पाइएको यहाँका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । ती विश्व स्वास्थ्य सङ्गठनका अधिकारीका अनुसार यहाँ पछिल्ला १४ वर्षमा एड्सको सङ्क्रमण दिन प्रतिदिन घट्दै गएको पाइएको हो । यहाँ १४ वर्षअघि निकै नै जोखिमको अवस्थामा रहेको एड्स सङ्क्रमणको अवस्था थियो सोमालियाको विशेष गरी उत्तरी क्षेत्र गारोए र बोसासामा, तर ती क्षेत्रमा पनि अहिले एड्सको सङ्क्रमण दरमा निकै नै कमी आएको पाएएको छ । विश्व स्वस्थ्य सङ्गठनका सोमालियाका लागि प्रतिनिधि माउमर रहमानले समयमै यसको परीक्षण गराउने एड्सको सङ्क्रमण देखिएपछि औषधि उपचार थाल्ने गर्दा यसको सङ्क्रमण घट्दै जाने देखिएको उनले बताएका छन् । यही डिसेम्बर १ मा आयोजना गरिने विश्व एड्स दिवसका आवसरमा विश्व स्वास्थ्य संगठनद्वारा सो तथ्यांक अधि सारिएको छ । सो सङ्गठनले पछिल्ला वर्षमा अफ्रिकाका देशसमेतमा एड्सको सङ्क्रमण दर घट्दै गएको पनि देखिएको बताइएको छ ।– रासस/सिन्ह्वा