भारतमा थप ९ हजार २१६ जना कोरोना सङ्क्रमित  

शुक्रबार, मंसिर १७, २०७८

नयाँदिल्ली, १७ मङ्सिर । भारतमा हिजो बिहीबार नौ हजार २१६ जनामा कोरोना सङ्क्रमण देखा परेपछि कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख १५ हजार ७५७ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । 
बिहीबार कोरोना सङ्क्रमणबाट ३९१ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या चार लाख ७० हजार ११५ पुगेको छ । भारतमा अझै पनि ९९ हजार ९९६ जना सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ । 
गएको २४ घण्टामा भारतमा आठ हजार ६१२ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४० लाख ४५ हजार ६६६ जनालाई कोरोनाको सङ्क्रमण निको भएका छन् ।– रासस/सिन्ह्वा 

प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  १८:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार