कोरोनाभाइरसबाट रुसमा थप ३३ हजार सङ्क्रमित

शुक्रबार, मंसिर १७, २०७८

मस्को, १७ मङ्सिर । रुसमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप झन्डै ३३ हजार नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य अधिकारीहरूले शुक्रबार बिहान दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा रूसमा ३२ हजार ९३० जना नयाँ सङ्क्रमित भएका हुन् । योसँगै कूल सङ्क्रमितको सङ्ख्या ९७ लाख ३६ हजार ३७ पुगेको अधिकारीले जनाएका छन् । नयाँ सङ्क्रमितमध्ये राजधानी मस्कोमा मात्रै सङ्क्रमित भएकाहरूको सङ्ख्या भने तीन हजार ३०४ रहेको छ ।  त्यसैगरी सोही अवधिमा देशभरी कोरोनाका कारण एक हजार २१७ जनाको मृत्यु भएको अधिकारीले जनाएका छन् ।   रूसमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरूको कूल सङ्ख्या दुई लाख ७८ हजार ८५७ पुगेको छ ।  कोरोनाभाइरसबाट सङ्क्रमित भएर अस्पताल भर्ना भएकामध्ये ३६ हजार ५१४ जना पछिल्लो २४ घण्टामा अस्पतालबाट घर फर्किएका छन् ।  योसँगै रूसमा कोरोनाभाइरसबाट सङ्क्रमुक्त भएकाहरूको कूल सङ्ख्या ८४ लाख ३६ हजार ६३१ पुगेको छ ।– रासस/एएनआई 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  २२:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार