सोमबार थपिए २६५ जना कोरोना सङ्क्रमित 

मंगलबार, मंसिर २१, २०७८

काठमाडौँ । देशभर सोमबार थप २६५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा आठ हजार ६१७ जनाको पिसिआर परीक्षण गरिएको थियो । 
योसँगै नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख २२ हजार ८३० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ६१९ पुगेको छ । पछिल्लो समय थप ३५७ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख चार  हजार ९०१ पुगेको छ । निको हुने दर ९७ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

कोरोनाबाट दुईको मृत्यु 

पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४३ पुगेको छ । 
कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ । त्यसैगरी, पछिल्लो समय एक लाख ६ हजार ६१० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ३८६ छ । हाल होम आइसोलेसनमा ६ हजार ६२, संस्थागत आइसोलेसनमा ३२४, सघन उपचार कक्षमा ११४ र भेन्टिलेटरमा  ३२ जनाको उपचार हुँदैछ ।  
 

प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  ०५:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार