पहिलो ११ महिनामा चीनको वैदेशिक व्यापार २२ प्रतिशतले वृद्धि

मंगलबार, मंसिर २१, २०७८
मयुर प्लाई
Global Ime Bank

बेइजिङ, २१ मङ्सिर । चीनको कूल आयात निर्यात सन् २०२१ को पहिलो ११ महिनामा वार्षिक रूपमा २२ प्रतिशतले बढेर ३५.३९ ट्रिलियन युआन (५.५५ ट्रिलियन अमेरिकी डलर) पुगेको आधिकारिक तथ्याङ्कले मङ्गलबार देखाएको छ । भन्सारको सामान्य प्रशासनका अनुसार सन् २०२० का लागि कूल ३२.१६ ट्रिलियन युआनलाई पार गरिसकेको यो सङ्ख्या २०१९ मा महामारीस्तरको तुलनामा २४ प्रतिशतले बढेको हो । दुवै निर्यात र आयातले वर्षको पहिलो ११ महिनामा दोहोरो अङ्कको वृद्धि जारी राखेको छ । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः २१.८ प्रतिशत र २२.२ प्रतिशतले बढेको छ ।
नोभेम्बरमा मात्रै देशको आयात र निर्यात वर्षको तुलनामा २०.५ प्रतिशतले बढेको छ । जुन अक्टोबरको तुलनामा ११.४ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ ।– रासस/सिन्ह्वा
 

प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  २२:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार