सोसल मिडिया
Contact Us
युनिकोड
जेरुसेलम, २१ मङ्सिर । इजरायलले देशको दक्षिणमा रहेको टर्की फार्ममा रोगजनक एच५एन१ एभियन इन्फ्लुएन्जाको प्रकोप देखिएको छ । खोरहरूमा टर्कीहरूको असामान्य मृत्यु भएको रिपोर्ट सार्वजनिक भएपछि अविग्दोर गाउँको एक फार्ममा बर्ड फ्लूका केसहरू फेला परेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको भेटेरिनरी सेवाले सङ्क्रमित क्षेत्रमा तीव्र अनुसन्धान सुरु गरेको छ । एच५एन१ बर्ड फ्लूले अन्य जनावरहरू जस्तै बिरालो, बाघ, सुँगुर र दुर्लभ अवस्थामा मानिसहरूलाई पनि सङ्क्रमित गर्नसक्ने अनुसन्धानले देखाएको छ । मानिसमा बर्ड फ्लूको पहिलो लक्षण सामान्यतया गम्भीर श्वासप्रश्वासको रोग र ज्वरो आउनु हो । इजरायलमा बर्ड फ्लूको ठूलो प्रकोप २००६ मा रेकर्ड गरिएको थियो । जसमा दक्षिणमा नौ व्यावसायिक रूपमा पालिएका टर्कीका खोरहरू समावेश थिए ।– रासस/सिन्ह्वा