सोसल मिडिया
Contact Us
युनिकोड
हाङ्झोउ, २१ मङ्सिर । चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेश मन्त्री वाङ यीले चीनका लागि निवर्तमान भारतीय राजदूत विक्रम मिश्रीसँग भिडियो लिङ्क मार्फत संवाद गर्दै दुई देशबीच आपसी समझदारीलाई अझ गहिरो बनाउन आह्वान गरेका छन् । वाङले सम्बन्ध विकास गर्दा चीन र भारतले एक अर्कालाई गलत अनुमान गर्नुको सट्टा आपसी समझदारी अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । विशेष घटनामा चिन्ता लिनुको सट्टा दीर्घकालीन दृष्टिकोण राख्नुपर्छ र एक अर्कालाई कमजोर बनाउनुको सट्टा एक अर्कालाई सफल बनाउन मद्दत गर्नुपर्छ र विकासोन्मुख देशहरूको साझा हितका प्रमुख मुद्दाहरूमा दुवै पक्ष एकसाथ उभिन सक्छन् र उभिनुपर्छ, उनले भने । आफ्नो तर्फबाट विक्रम मिश्रीले भारत–चीन सम्बन्धलाई प्रवद्र्धन गर्न आफूले प्रयास जारी राख्ने बताएको छन् ।– रासस/सिन्ह्वा