सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर ः काठमाडौं उपत्यका खानेपानी आयोजना निर्देशनालय (पीआइडी)ले ललितपुर महानगर क्षेत्र भित्रका सडक खन्दा ललितपुर महानगरपालिकासँग स्वीकृति लिनुपर्ने भएको छ । पिआइडी र महानगरपालिकाबीच भएको समझदारी पत्रमा खानेपानी पाइप लाइन बिछ्याउँदा पीआइडीले सम्बन्धित वडाबाट स्वीकृति लिनुपर्ने उल्लेख छ । वडाबाट स्वीकृति लिए पनि पूूर्वाधार विकास समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ । उक्त समितिका संयोजकको संयोजकत्वमा गठित प्राविधिक टोलीले सडकको मापदण्ड हेरी सडक खन्न दिने वा नदिने निर्णय गर्नेछ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र पीआइडीका निर्देशक कमलराज श्रेष्ठले एक कार्यक्रम आयोजना गरी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । यसअघि नगरप्रमुख महर्जनले प्राविधिक टोलीसहित सहरी सडकहरुको अनुगमन गरेका थिए । अनुगमनका क्रममा जथाभावी सडक खनेको पाइएको थियो । समझदारी पत्रमा सडक खन्ने काम सकिएपछि सडकलाई पूर्ववत अवस्थामा निर्माण गर्नुपर्ने उल्लेख छ । रातको समयमा सडक खन्दाबत्तीको प्रयोग गर्नुपर्ने उल्लेख छ ।