सोसल मिडिया
Contact Us
युनिकोड
अछाम, २४ मंसिर : नेकपा एमालेबाट छुटिएर नयाँ पार्टी स्थापना गरेको नेकपा एकीकृत समाजवादीले संगठन विस्तारलाई तीव्रता दिएको छ । एकीकृत समाजवादीले अछामका १० वटै पालिकामा संगठन विस्तार कार्य सम्पन्न गरेको छ ।
यस्तै जिल्लाका ९१ वटामध्ये ७० वटा वडामा संगठन विस्तार गरेको एकीकृत समाजवादी अछाम जिल्ला कमिटी अध्यक्ष हिरण्ड भट्टराईले जानकारी दिए । अछाम निर्वाचन क्षेत्र नम्बर १ का पाँच पालिका मध्ये साँफेबगर नगर संगठन कमिटीको अध्यक्षमा मुकेश सुनारको अध्यक्षतामा ५२ सदस्सीय नगर कमिटी गठन गरेको छ ।
यस्तै चौरपाटी गाउँ संगठन कमिटीमा रामबहादुर साउदको अध्यक्षतामा १३ सदस्सीय, मेल्लेख गाउँ संगठन कमिटीमा गोकुल शाहको अध्यक्षतामा २१ सदस्यीय, वान्नीगढी जयगढ गाउँ संगठन कमिटीमा तरुण खड्काको अध्यक्षतामा २३ सदस्सीय र रामारोशन गाउँ संगठन कमिटीमा भरत विष्टको अध्यक्षतामा २३ सदस्सीय कमिटी गठन भएको जिल्ला कमिटी अध्यक्ष भट्टराईले जानकारी दिए ।
अछाम निर्वाचन क्षेत्र नम्बर २ मा पनि पाँच वटै पालिकाम संगठन विस्तार भएको केन्द्रीय सदस्य अछाम सहइन्चार्ज शंकर भण्डारीले जानकारी दिए । उनका अनुसार मंगलसैन नगर संगठन कमिटीको अध्यक्षमा पूर्ण राना, पन्चदेवल विनायक नगर संगठन कमिटीको अध्यक्षमा ललित बहादुर शाही, कमलबजार नगर संगठन कमिटीको अध्यक्षमा नयाँराम थापा चयन भएका छन् ।
यस्तै तुर्माखाँद गाउँ संगठन कमिटीको अध्यक्षतामा तेजबहादुर शाही र ढकारी गाउँ संगठन कमिटीको अध्यक्षतामा धर्म साउद चयन भएको केन्द्रीय सदस्य भण्डारीको भनाई रहेको छ । एकीकृत समाजवादीले जिल्लाका १० वटै पालिकामा प्रथम पालिका सम्मेलन सम्पन्न गरेको छ । बाँकी रहेका वडामा पनि चाँडै संगठन विस्तार हुने जिल्ला कमिटी अध्यक्ष भट्टराईको भनाई रहेको छ ।