भारतमा फेरि दुई जनामा देखियो ओमिक्रोन

आइतबार, मंसिर २६, २०७८

नयाँ दिल्ली, २६ मंसिर । भारतमा फेरि दुई जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । यो सँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ३५ पुगेको छ ।  पन्जाबको चन्डीगढ र आन्ध्र प्रदेशमा एक एक जनामा ओमिक्रोन देखिएको हो । दुई जनामध्ये एक जना आइरल्यान्डबाट भारत आएका विदेशी हुन् । उनीहरु दुबै जनाले कोभिडको पूर्ण खोप लगाएका थिए । ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा निकै संक्रमक र घातक भएको पुष्टि भएको छ । 

प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  १५:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार