चीनमा पनि देखियो ओमिक्रोन

मंगलबार, मंसिर २८, २०७८

बेइजिङ, २८ मंसिर । चीनमा पनि कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । झिजियाङ प्रान्तको उत्तरी बन्दरगाह सहर तियानजिनमा पहिलो पटक ओमिक्रोन देखिएको हो ।  यही ९ डिसेम्बरमा विदेशबाट आएका एक व्यक्तिमा नयाँ संक्रमण देखिएको त्यहाँकाे एक स्थानीय पत्रिकाले जनाएकाे छ ।  संक्रमितको अहिले एक स्थानीय अस्पतालमा आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।  पछिल्लो पटक तियानजिन सहरमा कोभिड संक्रमितको उलेख्य संख्यामा बृद्धि भएकाे छ । मंगलबार मात्र तियानजिनमा ३७ जनामा कोभिड देखिएको थियो । यो सँगै साे सहरमा कोभिडबाट संक्रमित हुनेको संख्या १४४ पुगेको छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  १३:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार