मृत्युपछि शरीर दानको घोषणा गर्दै सत्यमोहन दम्पत्ती 

शुक्रबार, माघ ३०, २०७७

ललितपुर । वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशी र उनकी पत्नी राधादेवी जोशीले मृत्यपछि शरीर दान गर्ने घोषणा गर्ने भएका छन् । चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि मरणोपरान्त आफ्नो शरीर दान दिन लागेको उनीहरुको भनाई छ । नइ प्रकाशनले ललितपुर महानगरको प्राङगणमा आयोजना गर्नेे कार्यक्रममा उनीहरुले शरीर दानको घोषणा गर्न लागेका हुन् । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको प्रमुख आतिथ्यतामा शुक्रवार अपराह्न शरीर दानको घोषणा हुने नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए । केही दिनअघि मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले सत्यमोहन जोशीको तस्बिर अंकित हुलाक टिकट सार्वजनिक गरेकी थिइन् । जीवित हुँदा नै हुलाक टिकट प्रकाशित हुने सत्यमोहन जोशी पहिलो नागरिक हुन् । यसअघि ललितपुर महानगरपालिकाकै समन्वयमा नेपाल राष्ट्र बैंकले जोशीको तस्बिर अंकित सिक्का सार्वजनिक गरेको थियो । नेपालको कला संस्कृतिको संरक्षणमा जोशीले पु¥याएको योगदानको सम्मान गर्दै ललितपुर महानगरपालिकाले जोशी एक सय वर्ष पुगेको अवसरमा अघिल्लो वर्ष अभिनन्दन कार्यक्रम अयोजना गरेको थियो । जोशीकी पत्नी राधादेवी ९७ वर्षकी भइन् । सत्यमोहन १०१ वर्षमा हिँडिरहेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७  ११:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार