सोसल मिडिया
Contact Us
युनिकोड
काभ्रेपलाञ्चोक, २९ मङ्सिर । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ विश्वविद्यालयले मुलुकको शैक्षिक विकास र दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान गरेको बताएका छन् । प्रधानमन्त्री देउवाले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २७औँ दीक्षन्त समारोहका अवसरमा आज विश्वविद्यालय तथा स्नातक विद्यार्थीलाई पठाइएको शुभकामना सन्देशमा सो धारणा व्यक्त गरेका हुन् । उनले हालको मुख्य राष्ट्रिय चिन्ताको विषय बनेको जनशक्ति पलायन, सीपसँग शिक्षाको छुट्दै गएको सम्बन्ध र मुलुकको विकासमा अभाव हुँदै गएको दक्षजनशक्तिको समस्यालाई केही हदसम्म भए पनि सम्बोधन गर्न सार्थक र सफल भएको बताए ।
प्रम देउवाले आजका युवा मुलुकको भविष्य निर्माता भएको चर्चा गर्दै असल र जिम्मेवार नागरिकका रुपमा मुलुकको उन्नति र प्रगतिमा निरन्तर योगदान दिने विश्वास व्यक्त गरेका छन् । आज विश्वविद्यालयका विभिन्न विधामा एक हजार ४४९ स्नातक विद्यार्थी दीक्षित हुँदैछन् ।