अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी पुस २ देखि आयोजना हुने

बुधबार, मंसिर २९, २०७८
मयुर प्लाई
Global Ime Bank

चितवन, २९ मङ्सिर ।  उद्योग सङ्घ चितवन र नेपाल उद्योग परिसङ्घको संयुक्त आयोजनामा यहाँ अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ ।  आगामी पुस २  देखि ४ गतेसम्म यहाँको प्रदर्शनी केन्द्रमा आयोजना हुने सो प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो । अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको यो छैटौँ संस्करण हो । सङ्घका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार प्रदर्शनीमा भारतका ५० स्टलसहित २०० स्टल रहने छन् । ३० प्रतिशत स्टल अत्याधुनिक प्रविधिका उपकरण र अन्य उत्पादनको रहने छन् । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण शिथिल बनेको उद्योग व्यवसायको प्रवद्र्वन गर्ने उद्देश्यले प्रदर्शनी गर्न लागिएको उनले बताए । प्रदर्शनी सम्पन्न गर्न रु दुई करोड ५० लाख हाराहारी खर्च हुने भन्दै संस्थागत रुपमा बचत रकम भने न्यून रहने उनको भनाइ थियो । उनले भने, “प्रदर्शनी नाफाको लागि भन्दा पनि देशको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले आयोजना गर्न लागेका हौँ ।” यसबाट चितवन उद्योग सङ्घलाई भन्दा पनि यहाँका अन्य आर्थिक क्षेत्रलाई मद्दत पुग्ने उनको भनाइ छ । यसपटकको प्रदर्शनीबाट रु पाँच देखि सात लाखसम्म मात्र बचत हुने अनुमान गरिएको छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  १४:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार