कांग्रेस सहमहामन्त्रीमा देउवा प्यानलका २ र कोइराला प्यानलका एक उम्मेदवार विजयी   

जीवन परियार, भीष्मराज तथा महालक्ष्मी उपाध्ययले मारे बाजी
शुक्रबार, पुस २, २०७८

काठमाडौं, २ पुस । नेपाली कांग्रेसको सहमहामन्त्रीमा सभापति शेरबहादुर देउवा प्यानल तथा डा. शेखर कोइराला प्यानलका उम्मेदवारहरु विजयी भएका छन् । दलिततर्फ जीवन परियार, आदिवासी जनजातितर्फ भीष्मराज  आङदाम्बे तथा महिलातर्फ डिना उपाध्याय निर्वाचित भएकी छन् । बिहीबार राति सकिएको मतगणनामा मानबहादुर विश्वकर्मालाई ३७ मतान्तरले पराजित गर्दै जीवन निर्वाचित भएका हुन् ।
डा. शेखर कोइरालाको प्यानलका उम्मेदवार बनेका उनले २२१५ मत पाएका छन् भने सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका मानबहादुरले २१७५ मत मात्र पाए । यस्तै गंगा सुनारको मत २२९ छ ।
यस्तै आदिवासी जनजातितर्फ भीष्मराज आङदाम्बे निर्वाचित भएका छन् । विकास लामालाई ७९८ मतान्तरले पराजित गर्दै आङदाम्बे निर्वाचित भएका हुन् । कुल ४६८१ मत खसेकोमा सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका आङदाम्बेले २७११ मत पाएका छन् भने डा. शेखर कोइरालाको प्यानलका उम्मेदवार विकास लामाले  १९१३ मत पाएका छन् ।
यस्तै महिलातर्फ डिना उपाध्याय निर्वाचित भएकी छन् । बिहीबार सकिएको ममतगणनाले कमला पन्तलाई ४२८ मतान्तरले पराजित गर्दै सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् ।
सभापति शेरबहादुर देउवाको प्यानलकी उम्मेदवार उपाध्यायले २५३३ मत पाएकी थिइन् भने डा। शेखर कोइरालाको प्यानलबाट उम्मेदवार बनेकी पन्तले २१०५ मत मात्र पाइन् ।
.अघिल्लो पटक खुलातर्फ केन्द्रीय सदस्यमा लडेकी उनले यो पटकका लागि महिलातर्फ सहमहामन्त्रीमा उम्मेदवारी दिएकी थिइन् । 

प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  ०६:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार