सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली नागरिकले सहजरुमा नागरिकता नपाउने समस्या समाधानका लागि स्थानीय सरकारलाई नै नागरिकता दिने गरी अधिकार दिनुपर्नेतर्फ बहस सुरु भएको छ । राजधानीमा शुक्रबार महिला, कानून र विकास मञ्चले आयोजना गरेको एक कार्यक्रममा सहभागीहरुले नागरिकता वितरणको दीर्घकालिन समस्या समाधान गर्न वडा कार्यालयबाटै वितरण गर्नुपर्नेमा जोड दिए । कार्यक्रमममा सहभागी काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकारले वडाले सबै बुझेर गर्ने सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले नागरिकता नदिने गरिँदा समस्या समाधान हुन नसकेको जिकिर गरे । नागरिकता समस्या समाधान गर्ने हो भने वडा कार्यालयलाई नै क्षमता विकास गरेर नागरिकता दिन सक्ने गरी सक्षम बनाएर अधिकार दिनुपर्ने उनको भनाइ थियो । नागरिक वितरण कार्य जिल्ला प्रशासन कार्यालय गर्दै आएको छ । त्यसका लागि पालिकाका वडा कार्यालयहरुले सिफारिस गर्ने गर्छन् ।