सोसल मिडिया
Contact Us
युनिकोड
थिम्पु, (भुटान), ३ पुस । भुटानले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो सर्वोच्च नागरिक सम्मान, नगाडाग पेल गी खोर्लोद्वारा सम्मान गरेको छ । भुटानको प्रधानमन्त्री कार्यालय (पीएमओ) ले फेसबुक पोस्टमा, “महामहिम नरेन्द्र मोदीको नाम सर्वोच्च नागरिक अलङ्कार, न्गाडाग पेल गी खोर्लोको लागि उच्चारण गरेको सुन्दा धेरै खुसी लाग्यो ।“ भनी उल्लेख गरेको छ । अवार्ड प्रदान गर्ने क्रममा भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुकले विगतका वर्षहरूमा र विशेष गरी कोभिड–१९ महामारीको समयमा बढ्दो द्वीपक्षीय सहयोग र मित्रताको आदानप्रदान माथि प्रकाश पारेका थिए । सम्मानका लागि धेरै योग्य ! भुटानका जनताबाट बधाइ । सबै अन्तरक्रियाहरूमा, महामहिमलाई एक महान्, आध्यात्मिक मानवको रूपमा देखियो । उत्सव मनाउनको लागि तत्पर हुनुहुन्छ। व्यक्तिगत रूपमा सम्मान,“ भनी सम्बोधन गरिएको छ । महामारी शुरु भएदेखि नै भारतले भुटानलाई कोभिड–१९ खोप र अन्य चिकित्सा उपकरण सहयोग गर्दै आएको छ ।यस वर्षको शुरुमा, भुटानका प्रधानमन्त्री लोटे छिरिङले कोभिड–१९ खोपको थुप्रै डोज प्राप्त गरेकोमा प्रधानमन्त्री मोदीलाई बधाइ दिएका थिए । उनले भुटान भारतको नजिकको छिमेकी भएकाले आफूलाई सुरक्षित महसुस गरेको पनि बताएका थिए ।–रासस/एएनआई