बाइडेनद्वारा २.५ ट्रिलियन अमेरिकी डलरले ऋण सीमा बढाउने विधेयकमा हस्ताक्षर

शनिबार, पुस ३, २०७८
मयुर प्लाई
Global Ime Bank

वासिङ्टन (अमेरिका), ३ पुस । अमेरिकी राष्ट्रपति जो बाइडेनले २०२३ सम्म डिफल्ट हुन नदिन अमेरिकी ऋण सीमा २.५ ट्रिलियन अमेरिकी डलरले बढाउने कानुनमा हस्ताक्षर गरेको ह्वाइट हाउसले जनाएको छ । “बिहीबार, १६ डिसेम्बर, २०२१ मा राष्ट्रपतिले कानूनमा हस्ताक्षर गर्नुभयो । जसले ऋण सीमा ४ २.५ ट्रिलियनले बढाउने अधिकार प्रदान गर्दछ,“ ह्वाइट हाउसले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।
यो उपायले २०२२ को मध्यावधि चुनाव नपुग्दासम्म सरकारलाई काम गर्नका लागि ऋणको सीमा बढाउँछ । नयाँ कानुन अन्तर्गत अमेरिकी संघीय ऋण ३१.४ ट्रिलियन अमेरिकी डलर पुग्नेछ ।–एएनआई/स्पुतनिक

प्रकाशित मिति: शनिबार, पुस ३, २०७८  ०३:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार