बेलायतमा महामारी सुरु भएयताकै सबैभन्दा बढी सङ्क्रमित, ओमिक्रोन पनि बढ्दोे

शनिबार, पुस ३, २०७८

 लण्डन, ३ पुस । बेलायतमा कोरोना भाइरसको प्रकोप सुरु भए यताकै सबैभन्दा धेरै सङ्क्रमित बढेका छन् । यहाँ बिहीबार मात्र ८८ हजार ३७६ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । यहाँ महामारीको प्रकोप बढेको यो दोस्रो दिन हो ।
अघिल्लो दिन अर्थात् बुधबार मात्र पनि यहाँ ७८ हजार जनाभन्दा धेरै मानिसमा कोभिड सङ्क्रमणको पुष्टि भएको थियो । कोभिड महामारी सुरु भएयता एकैदिन पुष्टि भएका सङ्क्रमितको यो सर्वाधिक संख्या भएको यहाँका अधिकारीहरुले जनाएका छन् ।
यहाँ केही समययता हरेक दिन कोभिड– १९ का सङ्क्रमितहरु बढ्दै गएको देखिएको छ । साथै यहाँ कोभिडको घातक मानिएको ओमिक्रोन पनि बढ्दो देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले ओमिक्रोनको सङ्क्रमण पनि दिन प्रतिदिन बढेको देखिएको बताएका छन् ।
 यहाँ अहिलेसम्म १ हजार ६९१ जनामा ओमिक्रोनको घातक सङ्क्रमण फैलिएको देखिएको पनि अधिकरीहरुले जनाएका छन् ।
बेलायतको सरकारले कोभिड नियन्त्रणका लागि लकडाउन भइरहेका समयमा यसअघि गत जनवरीमा एकैदिनको सबैभन्दा धेरै ६८ हजार सङ्क्रमित पुष्टि भएको जनाएको थियो ।
त्यसपछि सबैभन्दा बढी यहाँ बिहीबार सङ्क्रमित देखिएका छन् । त्यसपछि सबैभन्दा बढी संक्रमित बुधबार भनिएकामा त्यो भन्दा पनि बढी बिहीबार सङ्क्रमित बढेका हुन् ।
यहाँ अहिलेसम्म एक करोड १० लाखभन्दा बढी सङ्क्रमित पुगेका छन् । त्यसैगरी बेलायतमा यो सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४६ हजार ९३७ जना पुगेको बताइएको छ ।

प्रधानमन्त्रीको पार्टी उपनिर्वाचनमा हार बेहोर्न बाध्य 

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको पार्टी कन्जरभेटिभले यसअघि कहिल्यै नहारेको निर्वाचन क्षेत्रको उपचुनावमा हार बेहोर्नु परेको छ  । यसपछि उहाँको नेतृत्वमाथि गम्भीर प्रश्न खडा भएको छ ।
मध्य इङ्गल्याण्डको उत्तरी श्रोपशायरमा जोन्सनको पार्टीले सन् २०१९ को चुनावमा ठूलो बहुमतले सिट जितेको थियो ।  तर बिहीबारको मतदानमा लिबरल डेमोक्र्याटहरूले उपचुनावमा जित हासिल गरेको छ ।
५७ वर्षीय जोन्सन ठूला कार्यक्रमहरूको लागि सरकारले खोप पास परिचयको विरूद्ध गत मंगलबार संसदमा उनका लगभग १०० सांसदहरूले विद्रोह गरेका थिए । उपचुनावमा हारले थप तनाव बढाएको छ ।  
सरकारले बिहीबार करिब ८९ हजार नयाँ सङक्रमित थपिएको जनाएको छ ।  कोरोना भाइरस लगातार रुपमा बढेको यो दोस्रो रेकर्ड हो ।– रासस÷एएफपी

प्रकाशित मिति: शनिबार, पुस ३, २०७८  ०३:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार