कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणनामा डा. शशांकलाई सुरुवाती अग्रता

शनिबार, पुस ३, २०७८

काठमाडौं, ३ पुस ।  नेपाली कांग्रेसको खुल्ला केन्द्रीय सदस्यको मतगणनामा नेता शशांक कोइरालाले अग्रता लिएका छन् । एक सय मतगणनामा कोइरालाले ६५ मत ल्याएका छन् । त्यस्तै दोस्रोमा उदश शमशेर राणा र तेस्रोमा रामहरी खतिवडाले मत ल्याएका छन् । खुल्ला केन्द्रीय सदस्यको १५ स्थानमा मतगणना भइरहेको छ । खुल्ला सदस्यतर्फको मतगणना भोलि बिहानसम्म सकिने अनुमान गरिएको छ । कांग्रेसमा सभापतिसहित १३ पदाधिकारीको मतमणना सकिइसकेको छ । सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीको मतगाण्ना सकिएको हो ।
त्यस्तै, पिछडिएको क्षेत्र र मधेसी महिलातर्फको केन्द्रीय सदस्यको नतिजा आइसकेको छ । जसअन्तर्गत अर्जुनबहादुर सिंह र चित्रलेखा यादव विजयी भइसकेका छन् ।
खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् । 
महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा हालसम्म सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ ले उम्मेदवारी दिनुभएको थियो । कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि ९मतदाता० चार हजार ७४३ रहेका छन् ।
केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।
यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गतताबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानको व्यवस्था छ । जम्मा १६७ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनीत गर्ने विधानमा उल्लेख छ । 

पिछडिएको क्षेत्र केन्द्रीय सदस्यमा अर्जुनजंगबहादुर सिंह विजयी
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमा केन्द्रीय सदस्य पिछडिएको क्षेत्र (खुला) एक पदमा अर्जुनजंगबहादुर सिंह विजयी भएका छन् । 
शुक्रबार सम्पन्न मतपरिणामअनुसार सिंह दुई हजार ५७७ मत प्राप्त गरी विजयी भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी दीपकजङ्ग शाहले दुई हजार ५६ मत प्राप्त गरेका थिए । मतदानमा जम्मा चार हजार ६७२ मत खसेकामा ३९ मत बदर भएको थियो ।

प्रकाशित मिति: शनिबार, पुस ३, २०७८  १५:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार