सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, ३ पुस । देशभर पछिल्लो २४ घण्टामा थप १८९ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा सात हजार ९९७ को पीसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पीसीआर परीक्षण गरिएका सङ्क्रमितको सङ्ख्या आठ लाख २५ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या ९५ हजार ९३ पुगेको छ । पछिल्लो समय थप २५० जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख आठ हजार ६०३ पुगेको छ ।
कोरोनाबाट दुईको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५७२ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १।४ प्रतिशत छ । त्यसैगरी, पछिल्लो समय एक लाख ११ हजार ९३८ ले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ४२८ छ ।
प्रदेश नं १ मा अहिले पनि ९५ सक्रिय सङ्क्रमित प्रदेश नं १ मा अहिले पनि ९५ जना कोरोना सङ्क्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेशमा ११ जनामा कोरोना सङ्क्रमण भएको छ । सङ्क्रमित झापा र मोरङमा मात्र देखिएका छन् ।
सङ्क्रमित मोरङमा १० र झापामा एक रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा सात, रङ्गेली, धनपालथान र बेलबारीमा एक÷एक तथा झापाको शिवसताक्षीमा एक जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै छ महिलासहित २० कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा छ महिला र १४ पुरुष रहको मन्त्रालयले जनाएको छ ।