सोसल मिडिया
Contact Us
युनिकोड
नयाँदिल्ली, ३ पुस । कोरोनाभाइरसबाट भारतमा पछिल्लो एक दिनमा सात हजार १४५ जना नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार सोही अवधिमा कोरोनाका कारण अरु २८९ जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ८४ लाख ५६५ रहेको पुगेको पनि जनाएको छ । यो सङ्ख्या पछिल्लो ५६९ दिनपछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीले शनिबार जानकारी दिएका छन् । प्रतिशतको हिसावले पनि सक्रिय सङ्क्रमितको सङ्ख्या गत मार्चपछिकै सबैभन्दा कम भएको उनीहरुको भनाइ छ । उनीहरुका अनुसार भारतमा कुल सङ्क्रमितमध्ये ०.२४ प्रतिशत सङ्क्रमित अहिले पनि सङ्क्रमित अवस्थामै रहेका हुन् । पछिल्लो २४ घण्टामा भारतमा आठ हजार ७०६ सङ्क्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या तीन करोड ४१ लाख ७१ हजार ४७१ पुगेको छ ।– रासस/एएनआई