सोसल मिडिया
Contact Us
युनिकोड
नेपालगञ्ज, ४ पुस । बाँकेमा केही समयअघि रगतको अभाव रेडक्रसले आह्वान गरेपछि रक्तदाता स्वयम्सेवकको सङ्ख्या दिन प्रतिदिन बढ्दै जाँदा रगतको अभाव टरेको छ । “हामीले जिल्लाका विभिन्न सामाजिक तथा पेशागत संस्थालाई आग्रह गरेपछि रक्तदाताको सङ्ख्या बढेकाले अहिले अभाव पनि टरेको छ”, रेडक्रस बाँकेका प्राविधिक अधिकृत उपेन्द्र रेग्मीले बताए । उनका अनुसार केन्द्रले सङ्कलन गर्ने रगतमध्ये ८८ प्रतिशत संस्थागत तथा बाँकी व्यक्तिगत स्वयम्सेवकको रहेको छ । रेडक्रसको नेपालगञ्जस्थित रक्तसञ्चार केन्द्र र कोहलपुर रक्तसञ्चार केन्द्रले आवश्यक पर्ने बिरामीका लागि दैनिक सरदर ८० पिन्ट रगत उपलव्ध गराउदै आएको छ । अस्पतालमा बिरामीको चाप अत्यधिक कम भएका कारण रगतको माग पनि घटेको रेग्मीले बताए । यसैगरी रगतको अभावमा कुनै पनि बिरामीको ज्यान नजाओस् भन्ने उद्देश्यका साथ स्वयम्सेवकको सङ्ख्या अझ वृद्धि गर्न रेडक्रसले प्रचारमुखी अभियान पनि सञ्चालन गर्दै आएको छ । जिल्लामा रक्त सङ्कलनमा बढोत्तरी भएपछि रगतको अभावमा बिरामीका आफन्त भौतारिनुपर्ने र बिरामीको अकालमा ज्यान जाने अवस्थाको समेत अन्त्य भएको जनाइएको छ ।