महिला खुला केन्द्रीय सदस्यमा एकजना बाहेक सबै देउवा प्यानलका विजयी

सोमबार, पुस ५, २०७८

काठमाडौं, ५ पुस : कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षले वर्चश्व कायम गरेको छ । खुला केन्द्रीय सदस्य ९ जनामध्ये एक जनामात्र शेखर कोइराला पक्षले जितेको छ । बाँकी ८ वटा पदमा देउवा पक्षले जितेको छ ।

महिलातर्फ खुला केन्द्रीय सदस्यमा डिला संग्रौलाले सबैभन्दा धेरै मत पाएकी छन् । उनले दुई हजार ८८५ मत पाएकी हुन् । 

दोस्रो स्थानमा पुष्पा भुसाल रहेकी छन् । भुसालले दुई हजार ७१८ मत पाइन् ।  प्रधानमन्त्रीसमेत रहेकी सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले दुई हजार ५३६ मत पाउँदा चौथो बनेकी अम्बिका बस्नेतले दुई हजार ३३९, इश्वरी न्यौपानेले दुई हजार २५९, सरिता प्रसाईंले दुई हजार ९६, रमा कोइराला पौडेलले एक हजार ८५८, सुशीला ढकाल आचार्यले एक हजार ८०४ र रंगमती शाहीले एक हजार ७८९ मतसहित विजयी भएका छन् । 

निर्वाचितमध्ये प्रसाईंबाहेक सबै शेरबहादुर देउवा प्यानलका हुन् । प्रसाई भने शेखर कोइराला प्यानलकी उम्मेदवार हुन् । ९ पदका लागि ३० जनाले उम्मेदवारी दिएका थिए ।

आरजुसहित यी तीनजना पहिलो पटक केन्द्रीय सदस्य निर्वाचित

कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्यको निर्वाचनमा विजयी भएका मध्ये तीन जना पहिलो पटक केन्द्रीय सदस्यमा विजयी भएका छन् । 

गत सोमबार सम्पन्न निर्वाचन अन्तर्गत आज सकिएको महिला खुला तर्फको मतगणना अनुसार तीन जना पहिलो पटक केन्द्रीय सदस्य बनेका हुन् । विजयी मध्ये सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा, सुशीला ढकाल आचार्य र रंगमती शाही पहिलो पटक केन्द्रीय सदस्य बनेका हुन् । 

आज सम्पन्न मतपरिणाम अनुसार डिला संग्रौला दुई हजार ८८५ मत,  पुष्पा भुसालले दुई हजार ७१८, आरजु राणाले दुई हजार ५३६, अम्बिका बस्नेतले दुई हजार ३३९, इश्वरी न्यौपानेले दुई हजार २५९, सरिता प्रसाईंले दुई हजार ९६, रमा कोइराला पौडेलले एक हजार ८५८, सुशीला ढकाल आचार्यले एक हजार ८०४ र रंगमती शाहीले एक हजार ७८९ मतसहित विजयी भएका छन् ।

सभापति देउवाभन्दा कम मत ल्याइन् आरजुले, महिला पदाधिकारीमा कसको मत कति ?

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा पार्टीको खुला महिलातर्फ केन्द्रीय सदस्य निर्वाचित भएकी छन् । 

सोमबार राति सम्पन्न मतगणनामा खुला महिलातर्फ ९ केन्द्रीय सदस्यमा आरजु २५३६ मतसहित तेस्रो स्थानमा विजयी भइन् ।

१४औं महाधिवेशनअन्तर्गत दोस्रो चरणमा फेरि सभापति निर्वाचित भएका देउवाले २७३३ मत पाएका थिए । आरजुले आफ्ना पति शेरबहादुरभन्दा १९७ कम मत पाइन् । 

महिला पदाधिकारीमा कसको मत कति ?

कांग्रेसको पदाधिकारीमा सहमहामन्त्रीमात्रै महिला निर्वाचित भएका छन् । आठ सहमहामन्त्रीमध्ये महिलातर्फ निर्वाचित महालक्ष्मी उपाध्याय ‘डिना’ले २५३३ मत प्राप्त गरेकी छन् । 

उपसभापतिमा उम्मेदवार बनेर पराजित सुजाता कोइरालाले ६४४ मत र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेकी छन् । 

खुला केन्द्रीय सदस्यमा आरजु तेस्रो नम्बरमा रहँदा सर्वाधिक मत पाएर पहिलो स्थानमा निर्वाचित डिला संग्रौलाले २८८५ मत प्राप्त गरेकी छन् । दोस्रोमा पुष्पा भुसालले २७१८ मत पाएकी छन् । चौथोमा अम्बिका बस्नेतले २३३९, ईश्वरी न्यौपाने २२५९, सरिता प्रसाईं २०९६, रमा कोइराला पौडेल १८५८, सुशीला ढकाल आचार्य १८०४, रंगमती शाही १७८९ मत प्राप्त गरेका छन् । अरु २१ जना महिला भने पराजित भए 

प्रदेश २ महिलातर्फ एक केन्द्रीय सदस्य पदमा २७३१ मतसहित चित्रलेखा यादव निर्वाचित भएकी छन् । उनकी प्रतिस्पर्धी गीता चौधरीले १८८५ मत पाएकी छन् ।

देउवा पत्नी आरजुले पाइन् तेस्रो बढी मत

कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ । जस अनुसार महिलातर्फ खुला केन्द्रीय सदस्यमा डिला संग्रौलाले सबैभन्दा धेरै मत पाएकी छन् । उनले दुई हजार ८८५ मत पाएकी हुन् । 

दोस्रो स्थानमा पुष्पा भुसाल रहेकी छन् । भुसालले दुई हजार ७१८ मत पाइन् । 

प्रधानमन्त्रीसमेत रहेकी सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले दुई हजार ५३६ मत पाउँदा चौथो बनेकी अम्बिका बस्नेतले दुई हजार ३३९, इश्वरी न्यौपानेले दुई हजार २५९, सरिता प्रसाईंले दुई हजार ९६, रमा कोइराला पौडेलले एक हजार ८५८, सुशीला ढकाल आचार्यले एक हजार ८०४ र रंगमती शाहीले एक हजार ७८९ मतसहित विजयी भएका छन् ।

निर्वाचितमध्ये प्रसाईंबाहेक सबै शेरबहादुर देउवा प्यानलका हुन् । प्रसाई भने शेखर कोइराला प्यानलकी उम्मेदवार हुन् । महिला खुला केन्द्रीय सदस्यको ९ पदका लागि ३० जनाले उम्मेदवारी दिएका थिए ।

प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  २२:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार