प्याङगाउँ बसपार्क क्षेत्रमा जनभावना क्याम्पसका विद्यार्थीले गरे बृहत् सरसफाइ 

मंगलबार, पुस ६, २०७८

ललितपुर ।  जनभावना क्याम्पसमा सामाजिक कार्य विषय लिएर स्नातक तहमा अध्ययनरत विद्यार्थीले प्याङगाउँ बसपार्क क्षेत्रसहित क्याम्पस आसपासका क्षेत्रमा बृहत् सरसफाइ कार्यक्रम गरेका छन् ।  
सामाजिक कार्य विषय लिएर स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थीले आयोजना गरेको उक्त कार्यक्रममा सोही विषय लिएर स्नातक तह द्धितीय तथा तृतीय वर्षमा अध्ययनरत विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो । 
सरसफाइ कार्यक्रमको उद्घाटन जनभावना क्याम्पसका क्याम्पस प्रमुख शिबराज सन्जेलले गरेका थिए । 
क्याम्पस प्रमुख सञ्जेल तथा क्याम्पस सञ्चालक समितिका सदस्य बेदबहादुर लामाले माक्स, ग्लब्स, सेनिटाइजर, कुचोसहितका सरसफाइका सामग्री हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो । 
उद्घाटन सत्रमा सहायक क्याम्पस प्रमुखद्धय निर्मल न्यौपाने र गोबिन्द सञ्जेल, क्याम्पस सञ्चालक समितिका सदस्य बेदबहादुर लामा, पब्लिक क्याम्पस प्राध्यापक संघका सभापति दीपककुमार शर्मा, वित्त व्यवस्थापक केशव महत, उपप्रांध्यापक डिल्लीराम आचार्य, लक्ष्मण दुलाल, शान्ति केसी, गिता गिरी,  विषय शिक्षक शोभित थापासहित विभिन्न संकायका शिक्षकहरुको सहभागिता रहेको थियो । 
क्याम्पस प्रमुख सन्जेलले विद्यार्थीले समाज सेवाका यस्ता गतिविधि आफ्नै व्यवस्थापनमा गर्न सके शिक्षण सिकाइ प्रभावकारी बन्ने उल्लेख गर्दै कार्यक्रम सफलताका लागि शुभकामना दिएका थिए । 
क्याम्पस परिसरसहित प्याङगाउ बसपार्कमा रहेका फोहोरहरुको ब्यबस्थापन गरी आगामी दिनमा यसरी नै समाजसेवामा विद्यार्थीलाई प्रेरित गर्न कार्यक्रम आयोजना गरिएको विषय शिक्षक थापाले जानकारी दिए । सरसफाईका लागि आवश्यक पानी तथा सामग्रीको व्यवस्थापन क्याम्पसले गरेको थियो । 
 

प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  ०८:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार