चिट चोर्न नदिएको भन्दै आरआर क्याम्पसमा परीक्षार्थीले कुटे शिक्षक

मंगलबार, पुस ६, २०७८
मयुर प्लाई

काठमाडौं, ६ पुस । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा परीक्षार्थीबाट शिक्षक कुटिएका छन् । क्याम्पसका उपप्राध्यापक ऋषिकेश दाहालकाअनुसार चिट चोर्न रोक्दा कलेजमा शिक्षक प्रकाश पुडास‌ैनीमाथि आक्रमण भएको हो । उनको टाउकोमा सात टाँका लगाउन परेको दाहालले जनाएका छन् ।  पुडासैनीको मोडल अस्पतालमा उपचार भइरहेको छ । कुटपिटका प्रत्यक्षदर्शीमा अर्का उपप्राध्यापक जगत नेपालले कक्षा सकेर निस्किँदा आरआरमा एक विद्यार्थीले शिक्षकलाई निर्घात कुटेको देखेको बताए । 'मेरो आँखै अगाडि घटना भयो,' उनले भने । उनकाअनुसार घटनाबारे अहिले विद्यालय प्रशासनमा छलफल भइरहेको छ । शिक्षक पुडासैनीलाई कुट्ने परीक्षार्थी कुँवेर जेठारा हुन् । घटनापछि आजको परीक्षा स्थगित भएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  १२:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार