एनएमबी बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मंगलबार, पुस ६, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौं, ६ पुस । एनएमबि बैंकको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा तथा लाभांश प्रयोजनको लागि ७ पुसमा बुक क्लोज गर्दैछ । यसर्थ,  आजसम्म कायम सेयरधनीले यी कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् । बैंकले गत आर्थिक वर्षको नाफाबाट १२ दशमलव पाँच प्रतिशत बोनस सेयर र करसहित तीन दशमलव तीन प्रतिशत नगद गरी कुल १५ दशमलव आठ प्रतिशत लाभांश वितरण गर्न २२ पुसमा साधारणसभा बोलाएको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ । 

प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  १२:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार