सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, ६ पुस । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न २७ पुसमा वार्षिक साधारणसभा बोलाएको छ । होटल द नारायणी, गैंडाकोट, नवलपरासीमा बिहान १० बजेका लागि पाँचौं वार्षिक साधारणसभा आह्वान गरेको हो । सभामा हाल कायम चुक्ता पुँजीको २७ दशमलव ७० प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनार्थ १ दशमलव ४६ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित हुनेछ । अन्य उपयुक्त लघुवित्तसँग मर्जर वा एक्विजिसनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सञ्चालकहरूको निर्वाचन गर्नेलगायतका एजेन्डा छन् । लघुवित्तले सभा प्रयोजनार्थ १५ पुसमा बुकक्लोज गर्ने भएको छ । यसर्थ, १४ पुससम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।