सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, ७ पुस : भारतको दिल्लीमा क्रिसमस र नयाँ वर्षको अवसरमा कुनै पनि ठूला कार्यक्रम गर्न रोक लगाइएको छ। यस्तो रोकको निर्णय दिल्ली डिजास्टर म्यानेजमेन्ट अथोरिटीले गरेको हो । कोरोना संक्रमणको बढ्दो दर र नयाँ भेरियन्ट ओमिक्रोनको बढ्दो अवस्थालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको अथोरिटीले जनाएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिलेसम्म ओमिक्रोन भेरियन्टका २१३ संक्रमित फेला परेको र त्यसमध्ये धेरै ५७ जना दिल्लीमा फेला परेको जनाएको थियो ।
दिल्ली सरकारको तर्फबाट बुधबार जारी तथ्यांक अनुसार दिल्लीमा कोरोना संक्रमणका १२५ नयाँ संक्रमित थपिएका छन् । अहिले ६२४ सक्रिय संक्रमित रहेका छन् ।
केही दिन पहिला मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्ली ओमिक्रोनसँग लड्न तयार रहेको बताएका थिए ।
अधिकारीहरुले दिल्लीमा क्रिसमस र नयाँ वर्षको अवसरमा उल्सासमय ठूला कार्यक्रमहरु गर्न रोक लगाएको जनाएका छन् ।
अथोरिटीले सबै जिल्लाका अधिकारीहरुलाई आफ्नो क्षेत्रमा संक्रमण रोक्नका लागि जरुरी कदम उठाउन आदेश ददिएको छ । कसैलाई पनि विना मास्क हिँड्न र कुनै पनि क्षेत्रमा जान नदिन निर्देशन जारी गरिएको छ ।
उत्तरी आयरल्याण्डमा २७ डिसेम्बरबाट नाइटक्लब बन्द
उत्तरी आयरल्याण्डमा रात्रि क्लब डिसेम्बर २७ बाट बन्द गरिने भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनसँग लड्नका लागि नयाँ प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ ।
त्यहाँको सरकारले उत्तरी आयरल्याण्डमा बढ्दो कोरोना नियन्त्रणमा सहयोग पुग्ने उपायको खोजीका लागि छलफल गरिरहेका छन् ।
पछिल्लो समय युरोपमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा वृद्धि भइरहेको छ भने ओमिक्रोन संक्रमितको संख्या पनि बढिरहेको छ ।
संक्रमितको संख्या बढिरहँदा कतिपय देशले संक्रमणलाई रोक्नका लागि विभिन्न उपायहरु अपनाउन थालका छन् ।
बेलायतमा पछिल्लो केही दिन यता दैनिक रुपमा संक्रमितको संख्या बढिरहेको भन्दै सावधान बन्न र बुस्टर डोज खोप लगाउन अपिल गरिरहेको छ ।
- एजेन्सी