यी हुन् अर्थतन्त्र सुधारका लागि राष्ट्र बैंकले चालेका कदम 

बिहीबार, पुस ८, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौं, ७ पुस : अर्थतन्त्रका सूचक नकारात्मक बन्दै गएसँगै आलोचना बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले सुधारका लागि विभिन्न प्रयास गरिरहेको जानकारी दिएको छ ।

बुधबार आर्थिक पत्रकारहरुसँगको अन्तरक्रियामा राष्ट्र बैंकले बजारमा तरलता अभाव हुन नदिन तथा शोधानान्तर घाटा कम गर्न विभिन्न मौद्रिक उपाय अपनाइएको जानकारी दिएको हो ।


कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशमान श्रेष्ठले तरलता अभाव हुन नदिन विभिन्न मौद्रिक उपकरणमार्फत बजारमा पैसा पठाइएको जानकारी दिए । यसैगरी शोधानान्तर घाटा कम गर्नका लागि आयात निरुत्साहित गर्ने कदम चालिएको उल्लेख गरे । 

अर्थतन्त्र सुधार लागि राष्ट्र बैंकद्वारा चालिएका कदम

तरलता समस्याका लागि

चालु आर्थिक वर्षको पुष ५ गते सम्म स्थायी तरलता सुविधा मार्फत रू. २५०० अर्ब, ओभरनाइट रिपो मार्फत रु.६९ अर्ब, रिपो मार्फत रू. २२० अर्ब र सोझै खरिद मार्फत रू. २७ अर्ब प्रवाह भएको ।

कर्जा निक्षेप अनुपात २०७९ असारसम्म ९० प्रतिशतमा राख्नुपर्ने व्यवस्था गरिएको ।

पुनर्कर्जा सुविधा उपलब्ध गराइएको (चालु आ.व. को हालसम्म रू. ९२ अर्ब स्वीकृत)

नेपाल सरकारले स्थानीय तहको निक्षेपको ८० प्रतिशत बैंकहरूले निक्षेपको रूपमा गणना गर्न पाउने व्यवस्था गरिएको ।

व्याजदर केही बढेकोले निक्षेप संकलनमा वृद्धि भई अनावश्यक कर्जाको मागमा केही कमी आउने ।
 

शोधनान्तर घाटाको सम्बन्धमा
चाँदी आयात गर्नको लागि विदेशी मुद्राको उपलब्धतामा सीमा तोकिएको ।

केही वस्तुहरूको आयातमा शत प्रतिशत नगद मार्जिनको व्यवस्था ।

वैदेशिक रोजगारमा रहेकाहरूलाई बैंकको खातामा १ प्रतिशत थप व्याज प्रदान ।

गैर आवसिय नेपाली तथा यिनीहरूको संस्थाहरूले विदेशी मुद्रामा बचत तथा मुद्धती खाता खाल्न सक्ने व्यवस्था

वैदेशिक रोजगारीमा जाने कामदारहरूलाई सटही गर्न पाउने नगद विदेशी मुद्रामा कटौति

अवैध ढंगले आयात भैरहेको सुनलाई नियन्त्रण गरिएको ।

विदेशी ऋण ल्याउन सहजता प्रदान गरिएको ।

ननडेलिभरेवल डेरिभेटिफ फरवार्डको विदेशमा राख्न सक्ने सीमा घटाइएको ।

अन्तर्राष्ट्रिय मुद्रा कोनसंग विस्तारित कर्जा सुविधा स्वीकृत हुन लागेको।

अर्थतन्त्रका नकारात्मक सूचकमा गभर्नरको डिफेन्स : अवस्था विग्रिसकेको छैन, हामी सचेत छौं

अर्थतन्त्रका सूचक नकारात्मक बन्दै गएसँगै आलोचना बढ्न थालेपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अवस्था विग्रिनसकेको भन्दै प्रतिरक्षा गरेका छन् । 

गभर्नर नियुक्ति भएको २१ महिनापछि पहिलोपटक आर्थिक पत्रकारहरुसँग अन्तर्क्रिया गर्दै गभर्नर अधिकारीले उच्च आयातका कारण व्यापारघाटा बढेपनि देशको विदेशी मुद्रा संचिती तथा रेमिट्यान्सको आप्रवाह भने सामान्य अवस्थामा नै रहेको दाबी गरे ।

पछिल्लो समयमा व्यापारघाटा, शोधानान्तर स्थिती, वैदेशिक मुद्रा संचिती, रेमिट्यान्स आप्रवाहलगायतका सूचकहरु नकारात्मक बन्दै गएपछि अर्थमन्त्री जनादर्न शर्मा र गभर्नर अधिकारीको आलोचना भइरहेको छ । 

अर्थमन्त्री शर्माले पनि सोमबार अर्थतन्त्र सामान्य अवस्थामा रहेको दाबी गरेका थिए । 

बुधबारको कार्यक्रममा गभर्नर अधिकारीले तरलता अभावको मूख्य कारण बैंकहरुको निक्षेप संकलन र कर्जा लगानीको असन्तुलन रहेको बताए । तरलता अभाव हटाउनका लागि राष्ट्र बैंकले विभिन्न कामहरु गरिरहेको बताउदै त्यसबाट समस्या समाधान हुने बताए ।  

गभर्नर अधिकारीले विभिन्न विलासी बस्तुको आयातमा निरुत्साहित गर्ने नीति लिएको र यसले सकारात्मक प्रभाव पार्ने दावी गरे । 

नेपाल राष्ट्र बैंकले सोमबार एक निर्देशन जारी गरी विभिन्न १८ वटा बस्तुहरुको आयातमा बस्तु हेरेर शत प्रतिशत वा ५० प्रतिशत नगद मार्जिन राख्ने व्यवस्था गरेको छ । 

गभर्नर अधिकारीले रेमिट्यान्स वास्तवमा घटेको नभएर गत सालसँगको तुलनामा केही घटेपनि कोभिड अगाडीको तुलनामा नघटेको दावी गरे । यसैगरी वैदेशिक मुद्रा संचिती पनि कोभिड अगाडीकै अवस्थामा रहेको जानकारी दिए । 

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  ०३:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार