सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर, ९ पुस । नेपाली कांग्रेसको १४ महाधिवेशनबाट निर्वाचित भएर जिल्ला, प्रदेश र केन्द्रमा पुगेका ललितपुरका नेताहरुले आफूहरुबीच विगतमा भएको तिक्तता बिर्सेर ललितपुरलाई कांग्रेसमय बनाउन एकजुट भई अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाली कांग्रेसबाट निर्वाचित ललितपुर महानगरका जनप्रतिनिधिले ललितपुरबाट प्रतिनिधित्व गर्दै केन्द्र ,प्रदेश लगायतका समितिमा पुगेका नवनिर्वाचित नेताहरुलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रममा उनीहरुले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस ललितपुर निर्वतमान सभापति मदन बहादुर अमात्यले ललितपुरबाट चार जना केन्द्रीय सदस्य पदमा निर्वाचित हुनु गौरवको विषय भएको बताए । उनले ललितपुरलाई कांग्रेसमय बनाउन निर्वाचित गराएर काम गर्न मौका दिइएको बताए । उनले भने, ‘ चार जनालाई केन्द्रमा पु¥याउनु भएको छ, एक भएर अगाडि बढ्छौं, यो मौकालाई उपलब्धिमूलक बनाउनछौं ।’ उनले ललितपुर जिल्ला कार्यसमितिलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता दोहो¥याए । नेपाली कांग्रेसको केन्द्रीय तहमा ललितपुरबाट निर्वाचित सदस्य पुगेको यो पहिलो पटक हो । बागमती प्रदेशका उपसभापति चन्द्र महर्जनले चुनावका बेला भएको पूर्वाग्रहलाई बिर्सेर ललितपुर जिल्लाका ६ वटै स्थानीय तहमा बहुमतसहितको नेपाली कांग्रेसका जनप्रतिनिधि निर्वाचित गराउन लाग्नु पहिलो प्राथमिकता भएको बताए । त्यसका लागि आफू प्रतिबद्ध भएर काम गर्ने प्रष्ट पारे । नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठले विना पूर्वाग्रह जिल्ला सभापतिको जिम्मेवारी र कतव्र्य पुरा गर्ने बताउँदै उनले भने, ‘म कुनै पूर्वाग्रह राख्दिन, क्षमताको आधारमा जिम्मेवारी दिइन्छ ।’ उनले ललितपुरको ६ वटै स्थानीय तहमा नगरप्रमुख, उपप्रमुखसहित जनप्रतिनिधि निर्वाचित गराउन ललितपुर जिल्ला कार्यसमितिले काम गर्ने बताए । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले यसअघि भएको पूर्वाग्रह बिर्सेर नयाँ शिराबाट अघि बढ्नु पर्ने धारणा व्यक्त गरे । नेपाली कांग्रेसबाट निर्वाचित भएर महानगर प्रमुखको जिम्मेवारी सम्हालिरहेका महर्जनले नगरवासी, नेपाल, नेपाली र नेपाली कांग्रेसको शिर झुक्ने कुनै काम नगरेको र नगर्ने वचन दोहो¥याए । उपप्रमुख गीता सत्यालले ललितपुरलाई कांग्रेसमय बनाउन एकजुट भएर अघि बढ्नुपर्ने बताइन् । उनले विगतलाई बिर्सेर नयाँ ढंगबाट अघि बढ्नुपर्ने प्रष्ट पारिन् । कार्यक्रममा केन्द्रीय सदस्यहरु उदय शमशेर राणा, जितजंग बस्नेत, उर्मिला केसी लगायत सम्पूर्ण उपस्थित थियो ।