सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, १३ पुस । मुलुक भर २६४ जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयले मंगलबार अपराह्न सार्वजनिक गरेको विवरण अनुसार ८ हजार ५३६ पीसीआर तथा ४ हजार ३० एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमित फेला परेका हुन् । पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ८८ पुगेको छ। मंगलबार २६० जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४ हजार ९१० सक्रिय संक्रमित रहेका छन्। देश भर २ लाख ८३ हजार २६५ जनालाई यो अवधिमा खोप लगाइएको छ । हाल क्वारेन्टाइनमा ९८ जना रहेका छन् । नेपालले कुल जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ जना रहेका छन् । ती मध्ये ४५.४ प्रतिशतलाई एक मात्रा खोप लगाइको छ भने पूर्ण मात्रा खोप लगाउने जनसंख्या ३३.७ प्रतिशत रहेको छ । १८ वर्ष वा सो भन्दा माथि १ करोड ९९ लाख २२ हजार १६४ जनालाई खोप लगाउने लक्ष्य लिइएकोमध्ये ६२.२ प्रतिशतले एक मात्रा खोप लगाएका छन् । त्यस्तै ५१.३ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् । हालसम्म ३ करोड ९२ लाख ३ हजार ९२७ मात्रा खोप आएको छ । खोप अभियान सुरु भएदेखि हालसम्म २४०२३५६२१ मात्रा खोप लगाइएको छ । यस्तै एक मात्रा खोप लगाउने जनसंख्या १ करोड ३७ लाख ९४ हजार ४१७ रहेको छ भने पूर्ण खोप लगाउने जनसंख्या १ करोड २२ लाख ९ हजार १४४ जना पुगेका छन् ।