सोसल मिडिया
Contact Us
युनिकोड
बेइजिङ, १५ पुस । चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले आगामी जनवरी ४ देखि ७ सम्म इरिट्रिया, केन्या र कोमोरोसको भ्रमण गर्ने कार्यक्रम रहेको छ । चिनियाँ विदेशमन्त्रीले वर्षको शुरुमा अफ्रिका भ्रमण गर्ने परम्परालाई निरन्तरता दिँदै उक्त भ्रमण गर्न लागेको बाताइएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बिहीबार बेइजिङमा उक्त घोषणा गरेका हुन् । अफ्रिकी भ्रमणपछि वाङले निमन्त्रणामा माल्दिभ्स र श्रीलंकाको भ्रमण गर्ने झाओले बताए ।
हङकङ मामिलामा हस्तक्षेप गरेको आरोपमा चीनद्वारा पाँच अमेरिकीविरूद्ध प्रतिबन्ध
चीनले हङकङमाथि अमेरिकी अधिकारीहरूमाथि अमेरिकी प्रतिबन्धको जवाफमा पूर्व अमेरिकी वाणिज्य मन्त्री विल्बर रस र यूएससीसीका राष्ट्रपति क्यारोलिन बार्थोलोमीसहित पाँच अमेरिकी व्यक्तिहरूमाथि बिहीबार प्रतिकारका उपायहरू लागू गरेको छ । प्रतिबन्धमा अमेरिकी अधिकारीलाई चिनियाँ मुख्य भूमि, हङकङ र मकाओमा प्रवेश गर्न रोक लगाइने बताइएको छ, साथै चीनमा रहेको उनीहरूको सम्पत्ति रोक्का गरिनेछ । चिनियाँ विदेश मन्त्रालयलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले दिएको जानकारीअनुसार उनीहरूलाई चिनियाँ नागरिक र संस्थासँग पनि व्यापार गर्न निषेध गरिएको छ । गत जुलाईमा अमेरिकाले हङकङमा प्रजातन्त्रमाथि बेइजिङको दमनमा हङकङस्थित जन सरकारको सम्पर्क कार्यालयका पाँच उप–निर्देशकहरूसहित सात चिनियाँ अधिकारीहरूलाई प्रतिबन्ध लगाएको थियो । बेङजिङले अमेरिकाको उक्त कदम गलत भएको भन्दै जवाफमा चीनले पाँच जना अमेरिकी अधिकारीलाई चीन प्रवेशमा प्रतिबन्ध लगाउँदै चीनमा रहेको उनीहरूको सम्पत्ति रोक्का गर्र्ने निर्णय गरेको बताएको छ ।– रासस/सिन्ह्वा