भारतका क्रिकेट पूर्वकप्तान सौरभ गाङ्गुली उपचारपछि फिर्ता 

शुक्रबार, पुस १६, २०७८

कलकत्ता, १६  । कोभिड–१९ को ओमिक्रोन भेरिएन्टबाट सङ्क्रमित भारतीय क्रिकेटका पूर्वकप्तान सौरभ गाङ्गुली भर्ना भएको चार दिनपछि शुक्रबार अस्पतालबाट डिस्चार्ज भएको उनको उपचारमा संलग्न एक वरिष्ठ चिकित्सकले बताए ।
भारतीय क्रिकेट टिमका पूर्वक्याप्टेन ४९ वर्षीय गाङ्गुलीलाई सोमबार कोलकत्तास्थित अस्पतालमा भर्ना गरिएको थियो । गाङ्गुलीलाई कोभिड–१९ को ओमिक्रोन भेरिएन्ट भाइरस सङ्क्रमण पुष्टि हुँदा हल्का ज्वरो देखिएको थियो । 
चिकित्सकले एएफपीसँग भने, “ओमिक्रोन भेरिएन्टको परीक्षणमा सङ्क्रमण नदेखिएपछि उनले घर जाने इच्छा व्यक्त गरेकोले अस्पतालबाट डिस्चार्ज गरिएको हो । 
उनका भाइ स्नेहासिशले एएफपीसँग गाङ्गुलीले उनकोे उपचारको क्रममा ‘एन्टिबडी ककटेल थेरापी’ लिएको बताए । “अहिले सौरभ (गाङ्गुली) घरमै आराम गरिरहेका छन्,” उनले भने ।
भारतका अत्यधिक लोकप्रिय क्रिकेट खेलाडीहरूमध्ये एक र देशको क्रिकेट बोर्डका प्रमुखसमेत रहेका गाङ्गुलीलाई यसवर्षको सुरुतिर छाती दुखेको कारण दुई पटक अस्पतालमा भर्ना गरिएको थियो । उक्त समय उनको ‘एन्जियोप्लास्टी’ गरिएको थियो ।
विनाशकारी कोभिड–१९ को सङ्क्रमण भारतमा देखिएपछि पहिलो पटक अप्रिल र मे महिनामा सङ्क्रमितको सङ्ख्या उल्लेख्य गतिमा घटेको थियो । भारतले अहिलेसम्म एक हजार २७० ओमिक्रोन भेरिएन्ट सङ्क्रमित रोगीहरूको पुष्टि गरेको छ ।– रासस/एएफपी 
 

प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८  २२:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार