फ्रान्समा छ लाखभन्दा बढी पक्षी मारियो

शुक्रबार, पुस १६, २०७८
मयुर प्लाई
Global Ime Bank

पेरिस, १६ पुस । फ्रान्समा छ लाखदेखि छ लाख ५० हजारसम्म पक्षीहरू मारिएको छ । बर्ड फ्ल्यु फैलिन थालेपछि सरकारले शङ्कास्पद क्षेत्रका कुखुरा, हाँसलगायतका पक्षीहरू मार्न लगाएको हो । पक्षीको उक्त सङ्ख्या पछिल्लो एक महिनामा मारिएको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।  फ्रान्समा सन् २०१५ देखि बर्ड फ्ल्युको महामारी आएको र अहिले चौथो चरणको खतरा रहेको बताइएको छ ।  महामारी फैलिनसक्ने देखिएका क्षेत्रका २६ फार्मका पक्षी अहिले मारिएका कृषि मन्त्रालयले जनाएको छ । 
फ्रान्स जस्तै अरु धेरै युरोपेली देशहरूमा पनि अहिले बर्ड फ्ल्युको महामारी आउने खतरा देखिएको छ । 
कोरोनाभाइरसको महामारीले मानिसलाई त्रसित पारिरहेकै बेला बर्ड फ्ल्यु भाइरसको महामारीले पीडा थपेको हो ।– रासस/एएफपी  


 

प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८  २२:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार