२० हजार परीक्षण गर्दा ३८२ सङ्क्रमित

शनिबार, पुस १७, २०७८

काठमाडौँ, १७ पुस । पछिल्लो २४ घण्टामा ३८२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २० हजार ९५९ जनाको परीक्षण गर्दा ३८२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
हालसम्म चार हजार ९६९ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो समय थप २५२ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या आठ लाख १२ हजार २१० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा  सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । पाँच सयभन्दा बढी सङ्क्रमण भएको जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर छन् । दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली रहेका छन् । 
यस्तै शून्य सङ्क्रमित भएका जिल्ला सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला, मुगु र बाजुरा रहेका छन् । नेपालमा सङ्क्रमणदर १७ प्रतिशत रहेको छ । हाल होमआइसोलेशनमा चार  हजार ७२८, संस्थागत आइसोलेशनमा २४१ आइसीयूमा ८९ र भेन्टिलेटरमा २७ जनाको उपचार हुँदैछ । त्यसैगरी पछिल्लो समय ५९ हजार  ११२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
 

प्रकाशित मिति: शनिबार, पुस १७, २०७८  २०:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार