हुम्लाका ९० प्रतिशत बालबालिकाले लगाए कोरोना विरुद्धको खोप

आइतबार, पुस १८, २०७८

सिमकोट, १८ पुस । उच्च हिमाली जिल्ला हुम्लाका ९० प्रतिशत बालबालिकाले मोडर्ना खोप लगाएका छन् । स्वास्थ्य कार्यालयको सहकार्यमा सातवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउने काम सम्पन्न गरेको हुन् । विद्यालयमा अध्ययरत १२ देखि १७ वर्ष उमेरसम्मका ९०।६१ प्रतिशत बालबालिकाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालयका कोल्डचेन असिस्टेन्ट मानबहादुर रोकायाले जानकारी दिए । ती पालिकाका ती उमेर समूहका पाँच हजार ४९७ बालबालिकालाई  ६१ खोपकेन्द्र मार्फत खोप लगाइएको हो ।
ती मध्ये सिमकोटका एक हजार ४१४, नाम्खाका ३३१, खार्पुनाथका ६०३, अदानचुलीका एक हजार १७७ ,ताँजकोटका ५६७, चङ्खेलीमा ५७६ र सर्केगाड गाउँपालिकाका ८२७ रहेका छन् ।   उत्तरी नाम्खा गाउँपालिका–६ लिमी र यारीका बालबालिका खोप लगाउनबाट बञ्चित भएका छन् । यस क्षेत्रमा अत्यधिक चिसोका साथै बाक्लो हिमपातले स्वास्थ्यकर्मी र खोप पु¥याउन कठिनाइ हुने जनाइएको छ । यहाँका बालबालिकालाई खोप कहिले लगाउने भन्ने अझै टुङ्गो लागिनसकेको उनले बताए । 
यसैगरी दक्षिण क्षेत्रमा रहेको चङ्खेली गाउँपालिका–१ र ५ मा रहेको नेक्पागाउँका बालबालिका खोप लगाउनबाट छुटेकालाई एक÷दुई दिनमा खोप लगाउने अभियान सञ्चालन गरिनेछ  ।  जिल्लामा छ हजार ३७० डोज मात्रामात्रै मोडर्ना खोप आइपुगेको थियो । पाँच हजार बढी बालबालिकालाई खोप लगाएर अब २२९ डोज बाँकी रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका नौ हजार ९४० बालबालिकालाई खोप लगाउने लक्ष्य थियो । पहिलो चरणमा यही पुस ४ देखि १४ गतेसम्म पहिलो मात्रा लगाएका बालबालिकाले यसको २८ दिनपछि दोस्रो मात्रा खोप लगाउनुपर्ने हुन्छ । जिल्लाभर विद्यालयमा अध्ययरत ती उमेर समूहका बालबालिकाको सङ्ख्या छ हजार ६७ रहेको जनाइएको छ । 

कोरोनाबाट मृत्यु भएका परिवारलाई बीस हजार सहयोग
बागलुङ जिल्लाको काठेखोला गाउँपालिकामा कोरोना सङ्क्रमितका कारण ज्यान गुमाएकाको परिवारले रु २० हजारका दरले राहत प्राप्त गरेका छन् । आर्थिक वर्ष २०७८÷८९ मा विनियोजित गरेको रु तीन लाख ६० बजार बजेटअनुसार मृतकका परिवारलाई राहत रकम प्रदान गरिएको काठेखोला गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा सङ्क्रमणका कारण हालसम्म १८ जनाले ज्यान गुमाइसकेका छन् । 
काठेखोलाका अध्यक्ष अमरबहादुर थापाले भन्नुभयो, “ कोरोनाबाट ज्यान गुमाउनेको परिवारका लागि सानो भए पनि राहत होस् भन्ने हेतुले रकम प्रदान गरेका छौँ ,स्थानीय सरकारले घाउँमा मल्हममात्रै लगाउन खोजेको हो, कोरोनाका कारण बेरोजगार भएर नेपाल आएकालाई सीमानाकाबाट घर ल्याउने, क्वारेन्टिनमा राख्ने, परीक्षण, औषधोपचार तथा निःशुल्क एम्बुलेन्स सेवासमेत दिएको थियो ।”
 गाउँपालिकाले कोरोनाका कारण बेरोजगार भएर घर फर्केकालाई प्राथमिकतामा राखेर प्रभानमन्त्री रोजगारी कार्यक्रमलाई आवद्ध बनाइराखेको छ । गाउँपालिकाले कोरोना महामारीमा काठमाडौँ, काँकडभिट्टा, सुनौलीलगायत नाकाबाट नागरिकको निःशुल्क उद्धारसमेत गरेको थियो । गण्डकी प्रदेश सरकारले समेत कोरोनाबाट मृत्यु भएकाको परिवारलाई जनही रु ५० हजार दिने निर्णय गरेको छ । यसअन्तर्गत बागलुङका १० मृतकका परिवारले रु ५० हजार राहत रकम पाइसकेका छन् भने अन्यको कागजात सङ्कलनको काम भइरहेको स्वास्थ्य कार्यालय का प्रमुख सुरज गुरौले जानकारी दिए । 
जिल्लामा कोरोनाबाट मृत्यु भएको सङ्ख्या ७२ छ । तर बागलुङ ठेगाना भई अन्यत्र उपचारका क्रममा मृत्यु भएकाको सङ्ख्या जोड्दा १०० भन्दा बढी पुग्नेछ । उनले भने, “गाउँपालिकाको स्वास्थ्य शाखाबाट हामीले तथ्याङ्क लिइरहेका छौँ, सङ्कलित तथ्याङ्कबाट मासिकरूपमा हामीले भुक्तानी गर्ने गरेका छौँ ।” 
 

प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  १०:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार