ओमिक्रोन नियन्त्रणमा थप सर्तक भएर तयारीमा लाग्नुपर्छ’

आइतबार, पुस १८, २०७८

काठमाडौँ, १८ पुस । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रदेश र स्थानीय तहलाई कोभिड–१९ तथा नयाँ भेरिन्ट ओमिक्रोन नियन्त्रणका लागि थप सर्तक भएर तयारीमा लाग्न भनेको छ ।
महामारीको विश्वव्यापी जोखिम कायम रहेको र थप सङ्क्रमक भेरियन्ट ओमिक्रोन नेपाल भित्रिएकाले थप सजग हुँदै तयारीमा लाग्नुपर्ने निर्देशक कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । प्रदेश र स्थानीय तहका स्वास्थ्य निर्देशननालय तथा कार्यालयलाई भीडभाड हुन नदिने, मास्कको प्रयोग गर्ने, हात धुनेलगायत जनस्वास्थ्यका मापदण्ड पूर्णरूपमा पालना गर्न भनिएको छ । समुदायमा जोखिम क्षेत्र ९हटस्पट० पत्ता लगाएर एन्टिजिन किटद्वारा परीक्षणको दायरा बढाउन भनिएको छ । 
महामारीको जोखिम बढिरहेकाले महाशाखाले पहिचान भएका कोभिड–१९ केसको आइसोलेशन, उपचारलगायतको व्यवस्थापनमा समन्वय र सहयोग गर्न भनिएको छ । पहिचान भएका सङ्क्रमितसँग सम्पर्कमा आएकालाई कन्ट्याक ट्रेसिङ गर्न र सीमा नाकामा रहेका प्रवेश विन्दुबाट प्रवेश गर्ने यात्रुको पोटोकलअनुसार परीक्षण तथा व्यवस्थापन गर्न भनिएको छ । खोप लगाउन छुटेका लक्षित वर्गको पहिचान तथा खोप प्रयोगमा वृद्धि गर्न महाशाखाले भनेको छ । घरमै होम आइसोलेशनमा रहेका र क्वारेन्टिनमा रहेकालाई निगरानी गर्न भनिएको छ । 

सुदूरपश्चिममा थपिए पाँच जना कोरोना सङ्क्रमित
सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप पाँच जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ४५६ जनाको नमूना परीक्षण गरिएको थियो । 
स्वास्थ्य निर्देशनालयका अनुसार पीसीआरमार्फत दुई र एन्टीजेनमार्फत तीन जनामा कोरोना पुष्टि भएको हो । पीसीआरमार्फत महाकाली अस्पतालमा दुई र एन्टीजेनमार्फत कैलालीका तीन जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा प्रदेशभर कोरोनाबाट चार जना निको भएका छन् । सो अवधिमा प्रदेशमा कोरोना सङ्क्रमणका कारण कोहीको पनि मृत्यु भएको छैन । यसअघि शनिबार प्रदेशमा ६ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा तीन जना निको भएका थिए । सुदूरपश्चिममा कोरोनाबाट हालसम्म ६१४ जनाको ज्यान गएको छ ।  
 

प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  २०:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार