भारतद्वारा अफगानिस्तानलाई थप ५ लाख कोभ्याक्सिन डोज प्रदान

सोमबार, पुस १९, २०७८

नयाँ दिल्ली (भारत), १९ पुस । भारत बायोटेकले सोमबार अफगानिस्तानलाई कोभिड–१९ खोप, कोभ्याक्सिनको ५ लाख डोज प्रदान गरेको छ ।  ट्विटरमा भारत बायोटेकले लेखेको छ, ‘आज भारतले अफगानिस्तानलाई कोभिड भ्याक्सिनको ५ लाख डोज सहितको मानवीय सहायताको अर्को शृङ्खला प्रदान गरेको छ । त्यो इन्दिरा गान्धी अस्पताल, काबुललाई हस्तान्तरण गरिएको छ।’ आगामी सातामा थप ५ लाख डोजको अर्को ब्याच आपूर्ति गरिने पनि जानकारी दिइएको छ ।
कोभ्याक्सिनको ५,००,००० डोज रहेको मानवीय सहायताको अन्तिम ब्याच जनवरी १ मा अफगानिस्तानलाई आपूर्ति गरिएको थियो।
भारतले अफगान जनतालाई खाद्यान्न, कोभिड–१९ खोपको १० लाख डोज र जीवन बचाउने आवश्यक औषधिहरू समावेश गरी मानवीय सहायता उपलब्ध गराउन प्रतिबद्ध छ । गत महिनाको शुरुमा भारतले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) मार्फत अफगानिस्तानलाई १.६ टन चिकित्सा सहायता पु¥याएको थियो। तालिबानले अगस्ट १५ मा काबुललाई आफ्नो नियन्त्रणमा लिएपछि अफगानिस्तान गहिरो आर्थिक, मानवीय र सुरक्षा संकटमा परेको छ ।
वैदेशिक सहायताको निलम्बन, अफगान सरकारको सम्पत्ति रोक्का गर्ने र तालिबानमाथिको अन्तर्राष्ट्रिय प्रतिबन्ध आदिको कारणले उच्च गरिबीबाट पीडित हाल आर्थिक संकटमा फसेको छ।–रासस/एएनआई
 

प्रकाशित मिति: सोमबार, पुस १९, २०७८  १५:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार