सोसल मिडिया
Contact Us
युनिकोड
हुम्ला, २२ पुस : नेकपा एमालेको जिल्ला अधिवेशनका लागि हुम्लामा प्रतिनिधि छनोट सम्पन्न भएको छ । एमालेको जिल्ला अधिवेशन शुक्रबार हुँदै छ । यसका लागि हुम्लाले अधिवेशन छनोट सम्पन्न गरेको हो ।
४४ वटा वडा रहेको हुम्लामा लिमीबाहेक पार्टीको सदस्यको अनुपातको संख्याको आधारमा प्रतिनिधि छनोट कार्य सम्पन्न भएको एमाले जिल्ला पार्टी सचिव पूर्ण ढकालले जानकारी दिए ।
अदानुलीबाट २२, चंखेलीबाट १४, ताजकोटबाट २१, सर्केगाड गाउँपालिकाबाट ३०, खार्पुनाथबाट १३, सिमकोटबाट १८ र नाम्खाबाट ६ जना शुक्रबार हुने जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट भएका छन् ।
पार्टीकाको संगठित सदस्यका आधारमा गाउँपालिकाबाट छनोट भएको र १३ जना जिल्ला कार्य समितिले मनोनीत गरेको पार्टी सचिव पूर्ण ढकालले जानकारी दिए ।
एमाले जिल्ला कमिटी बैठकले ४० जना संगठित सदस्य बराबर एक जना प्रतिनिधि र दलितका लागि ३० जना बराबर एक जना प्रतिनिधि छनोट हुने मापदण्ड निर्धारण गरेको थियो ।
अधिवेशनका लागि ३३ प्रतिशत महिला प्रतिनिधि र १३ प्रतिशत दलित प्रतिनिधि छनोट भएका छन् । प्रतिशत उल्लेख नभए पनि युवा र जनजातिको संख्या पनि प्रतिनिधिमा राम्रो छनोट भएको एमालेले जनाएको छ ।
वर्षा र हिमपातले मुगु एमाले अधिवेशन सर्याे
नेपाल कम्युनिष्ट पार्टी एमाले मुगुको ८औँ जिल्ला अधिवेशन सरेको छ । २३ पुसमा हुने भनिएको जिल्ला अधिवेशन चार दिनपछि २७ पुसका लागि सरेकाे हाे ।
मुगुमा बुधबार रातिदेखि अविरल वर्षा र हिमपात भइरहेकाे छ । जसका कारण प्रतिनिधि र प्रमुख अतिथि सहभागिता हुन नसकेका कारण २७ अधिवेशनका लागि सरेको हो । एमाले कर्णाली प्रदेश कमिटीको बैठकले १० वटै जिल्लामा २३ पुसमा गर्न निर्णय भए पनि हिमपातका कारण अधिवेशन स्थगित भएको नेकपा एमाले जिल्ला प्रचार विभाग प्रमुख डबलबहादुर रोकाया जानकारी दिए ।
उनका अनुसार २७ पुसमा हुने अधिवेशनमा सम्पूर्ण पार्टी प्रतिनिधि, शुभेच्छुक, नेता कार्यकर्तालगायतलाई जानकारी गराएको रोकायाको भनाइ छ ।